रौतहट । स्मार्ट सिटीको रुपमा विकास भैरहेको रौतहटको मौलापुरमा ऐतिहासिक संरचनाको रुपमा निर्मित बसपार्क उद्घाटन भएको छ ।
मंगलबार पूर्वमन्त्री एवं नेकपा एमालेको स्थायी समिति सदस्य प्रभु साहले सो अत्याधुनिक बसपार्कको उद्घाटन भएको छ । बसपार्कको शिलान्यास पनि पूर्वमन्त्री साहले नै गरेका थिए ।
अत्याधुनिक बसपार्कले स्थानीय क्षेत्र र लामो दुरीको चल्ने सवारी साधनको पार्किङ तथा यात्रुका लागि सहजता प्रदान गर्ने पूर्वमन्त्री साहले धारणा व्यक्त गरेका छन् ।
साढे चार विघा क्षेत्रफलमा अत्याधुनिक डिजाइनमा बनाइएको बसपार्क मधेश प्रदेशकै सबैभन्दा व्यवस्थित एवम् एक नमुना बसपार्कको रुपमा रहेको छ ।
नवनिर्मित बसपार्क मौलापुरको मात्र नभई सिंगो रौतहट जिल्लाको विकासमा एउटा कोशेढुंगाको रुपमा सावित हुने विश्वास पूर्वमन्त्री साहको भनाइ छ ।