वीरगंज । पर्साको सदरमुकाम वीरगंजवाट करिब १२ किलोमिटरको दुरीमा रहेको ग्रामीण भेगका नाका प्रसौनीवाट व्यापक रुपमा तस्करी भईरहेको समाचार प्राप्त भएको छ।
सिमानाकाको मुख्य जिम्मेवारी पाएका सशस्त्रका प्रहरी बल बिअोपी प्रसौनीको संरक्षणमा तस्करहरुले लाखौं रुपैयाँको राज्शव छलि भारतवाट नेपाल तर्फ रातभरी तस्कर लत्ताकपडा, हाडयेवर, जुत्ता चप्पल, गाई र भैसीको, कुखुराको चल्ला र नेपालवाट भारततर्फ कबाड, डाबरको पेस्ट र कास्मिटिक सामानहरुको तस्करी भईरहेको नाम नछाप्ने सर्तमा एक स्थानियले बताएका छन्।
सशस्त्र प्रहरी बल बिअोपी प्रसौनोको संरक्षणमा रातभरी खेतको अालोको बाटो प्रयोग गरि भित्राएका गाई ,भैसीहरुले किसानले लगाएको धानबालिहरुको ठुलो मात्रामा क्षति भईरहेको प्रसौनी निवासी धुरेन्द्रले गुनासो पोख्नु भयो।
सशस्त्र प्रहरी बल १३ नम्बर गणका गणपति तेज पोखरेलले तस्करीमा कडाई गर्ने पटकपटक कडा निर्देशन दिदै अाएपनि अाफ्नो हाकिमको निर्देशन विपरीत सशस्त्र प्रहरी बल बिअोपी प्रसौनीका प्रमुख अाएको दिन देखिनेै तस्करीको लाईन मोटो रकमको नजराना बुझि तस्करी लाईन दिएको नाम नछाप्ने सर्तमा
सशस्त्र प्रहरीका एक सिपाहीले बताएका छन्।
यसरीनै अाफ्नो संगठनको निर्देशन विपरीत तस्करीको लाईन सुचारु गराउदै अाएका बिअोपीपतीहरु माथि सम्बन्धित निकायको ध्यान जान यतिनै अावशयक देखिएको छ।