अप्पन जनकपुर
जलेश्वर । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा टिभीएस मोटरसाईकल तथा स्कुटरको एक्सचेन्ज अफर (मेला) सुरु भएको छ ।
जलेश्वरमा अवस्थित टीभीएसको ‘आर्यन अटो मोबाईल्स’ का सञ्चालक रामबालक महतो (संजिब) ले बिहीबार टिभीएस अफरको रिबन काटेर शुभारम्भ गर्नुभयो ।
टीभीएस अफरको उदघाटन गर्नुहुँदै महतोले सबै वर्गले सहज रुपमा टीभीएस मोटरसाईकल तथा स्कुटर चढ्न पाउन भन्ने उद्देश्यका साथ पाँच दिनको लागि यस अफर सञ्चालनमा ल्याएको बताउनुभयो ।
यस अफरमा टीभीएसको कुनै पनि गाडि खरिद गर्दा तुरुन्तै ७ हजार रुपैया नगद छुट, सर्भिस र स्पेयर्स सेवा तथा फाईनान्सको सुविधा समेत प्रदान गर्ने भएको छ ।
फाईनान्स अन्तर्गत टीभीएसले ग्राहकवर्गलाई २०, ४० र ५० प्रतिशत डाउन पेमेन्ट गरेर मोटरसाईकल तथा स्कुटर चढाउने योजना राखेको छ ।
यसका साथै यस मेला (अफर) नयाँ कुनै पनि टीभीएसको गाडी खरिद गर्ने ग्राहकहरुमध्ये दिनभरिमा एक जनालाई एउटा मोबाईल, सातामा एक जनालाई शतप्रतिशत पैसा रिटर्न (क्यास ब्याक) र रु.५० लाख सम्म जित्ने अवसरको पनि व्यवस्था गरेको आर्यन अटो मोबाईल्सका सञ्चालक रामबालक महतो (संजिब) ले बताउनुभयो ।
त्यस्तै टिभीएसले आफ्ना ग्राहकहरुलाई गाडी खरिद गरेमा सिट कभर, लेगगार्ड, रेनकोट जस्ता सर सामानहरु निःशुल्क प्रदान गर्ने गरको छ ।