जनकपुरधाम । धनुषाको महिनाथपुर नाकाबाट गरिएको सर्च अपरेशनबाट भारी मात्रामा लागुऔषध बरामद गरिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल बिओपी महिनाथपुरका ईन्चार्ज गणेश दत्त पाण्डेको कमाण्डको टोलीले सो लागुऔषध बरामद गरेको हो ।
भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश २–०२–००३ प ८३०८ नम्बरको Discover मोटरसाईकललाई चेकजाँचको क्रममा भारी मात्रामा लागुऔषध बरामद भएको बिओपी महिनाथपुरका निरीक्षक पाण्डेले जानकारी दिए ।
पाण्डेका अनुसार, मोटरसाईकललाई शँका लागेर चेकजाँच गर्दा गणेशमान चारनाथ नगरपालिका वडा नं. ६ गोदार बस्ने बर्ष १८ को सँतोष यादवले बोकेको सेतो झोलाभित्र NITRAZEPAM TABLETS IP (NITRAVAT-10)२० पत्ता (प्रति पत्ता ३० वटाका दरले ६०० वटा ट्याब्लेट), NITROSUNT-10५पत्ता (प्रति पत्ता १० वटाका दरले ५० वटा ट्याब्लेट), SPASMO-PROXYVON PLUS १२ पत्ता (प्रति पत्ता २४ वटाका दरले २८८ वटा क्याप्सुल) र Exiplon 100 ml.१९ बोत्तल(प्रति बोतल 100 ml. का दरले 1900 ml.) बरामद भएको हो ।
यादवको साथै धनुषाधाम नगरपालिका वडा नं. ९ बस्ने बर्ष २१ को महबुद खानलाई समेत पक्राउ गरी ईलाका प्रहरी कार्यालय खजुरीमा बुझाएको सशस्त्र प्रहरी निरीक्षक पाण्डेले जानकारी दिए ।
उनीहरुको साथबाट दुई थान मोबाईल, एक थान Discover मोटरसाईकललाई समेत नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय खजुरी पठाएको जनाइएको छ ।
सो नाकाको बिओपी ईन्चार्जमा निरीक्षक पाण्डेले कडा निगरानी थालेका छन् । चाडपर्वको समयमा सीमा पारीबाट आउने सवारी र सीमा पारीसम्म जाने सवारी चेकजाँचमा समेत कडाई गरिएको छ ।