अप्पन जनकपुर
जनकपुरधाम । नेपाल ईन्जिनियर्स एसोसिएसनका सदस्य मधेश प्रदेश जिल्ला धनुषा मुखियापट्टी मुसहरनिया गाउँपालिका वडा नं. ३ तुलसिवाही निवासी ई. कृष्ण कुमार महतो २०७९ साउन ३१ गते दुईतला माथीबाट खसेर गम्भिर चोटपटकका कारण नर्भिक अस्पताल थापाथली काठमाडौँमा उपचाररत रहेको व्यहोरा सम्पूर्णमा अनुरोध गर्दै नेपाल ईन्जिनियर्स एशोसिएसन प्रादेशिक केन्द्र, मधेश प्रदेश जनकपुरधामले विज्ञप्ति निकालेको छ ।
उनको उपचारमा हालसम्म करिब चालिस लाख रुपैया खर्च भइसकेको तथा थप धनराशीको आवश्यकता भएकोले आर्थिक सहायोगको अभियान स्वरुप नेपाल ईन्जिनियर्स एसोसिएसन प्रादेशिक केन्द्र मधेश प्रदेशले सम्पूर्ण ईन्जिनियर/आर्किटेक्ट लगायत सम्पूर्णमा सक्दो आर्थिक सहयोग गरिदिनका लागि हार्दिक अपिल गरेको छ ।