वीरगंज ३१ असोज
पर्सा क्षेत्र नम्बर २ को ख वाट प्रदेश सभा सदस्यको लागि उम्मेदवारी दिएका युवा नेता रुपेशमान सिंहको दिन प्रति दिन जिताउन जनलहर बढदै गएको मतदाताहरुले बताएका छन्।
युवा नेता सिंहले आफ्नो क्षेत्रमा रहेका जनताहरुको घरघरमा पुगेर आफ्नो चुनाव चिन्ह लालटेन छापमा मतदान गर्ने आग्रह गर्नुभएको छ ।
पर्सा क्षेत्र नम्बर २ अलौका युवा रामजि साहले आफ्नो क्षेत्रको जनताको दुख: शु:ख र विभिन्न समाजिक कार्यको लागि क्षेत्रमा दिन रात खटिरहने युवा नेता सिंहलाई भोट दिएर जिताउने बताउनुभयो।
सिंहको मधेश अन्दोलनमा सक्रिय भुमिका रहेको थियो।
सिंह युवा जमातमा लोकप्रिय रहेका छन्।उनि क्षेत्र नम्बर २ मा ईमान्दार कर्मठ , शिक्षित छवि भएकाहुनाले जिताउन मतदाताहरु आतुर बनेका छन्।