जनकपुरधाम । धनुषाको सबैला नगरपालिका ३ स्थितमा रहेको प्राथमिक स्वास्थ्य चौकी केन्द्र चिकित्सकको ठगी धन्धा देखिएको छ ।
सवैला प्राथमिक स्वास्थ्य चौकी केन्द्रको अनिल कुमार चौधरी चिकित्सकले आफ्नो पावर प्रयोग गरेर जनतालाई ठगने काम गरेको एक पीडितले बताए । कल रेकर्ड सुरक्षित राखिएको छ ।
प्राथमिक स्वास्थ्य चौकी केन्द्रको ठिकै छेउमा आफ्नो निजि क्लिनिक खोलेर राखेको स्वास्थ्य चौकीमा आउने बिरामीहरुलाई आफ्नो पसलमा पठाउने काम समेत गरेको स्थानीयको भन्नाइ छ । रिपोर्ट समेत रहेको छ।
घटना यसरी बाहिरिए
गत आइतबारको साझ सबैला नगरपालिका १२ का एक स्थानीय छोरिको बया खुट्टामा अलि घाउ लाग्यो त्यसपछि सबैला प्राथमिक स्वास्थ्य चौकीमा जादा टाका लगाउनु परे भनेपछि लगाउने धागो र औषधि नरहेको डिय्टिमा भएको चिकित्सकले भने, त्यसपछि बिरामीको आफन्तलाई चिकित्सक अनिल कुमार चौधरीले आफ्नो पसलबाट औषधि (टाका) मगाएर लगाएको हो । जब कि सम्पुर्ण टाका र औषधि प्राथमिक स्वास्थ्य चौकीमा रहेको संयोजक संजय मण्डलले बताए ।
सबैलाको प्राथमिक स्वास्थ्य चौकीमा जादा चिकित्सक चौधरी आफ्नो क्लिनिकको पान बिल समेत दिएको प्रमाण आएको छ ।
यता घटनाको अनुसन्धान गर्दा सबैला प्राथमिक स्वास्थ्य चौकीको संयोजक संजय मण्डलको अनुसार हाम्रो स्वास्थ्य चौकीमा टाका र औषधि रहेको बताए कल रेकर्ड सुरक्षित राखेको छ। चिकित्सक चौधरीलाई पत्रकार आयुब हुसेन फोन गर्दा जथाभावी कुरा गर्दै आफ्नो तर्क दिए । यस अघि चिकित्सक चौधरी माथी धेरै आरोप समेत आएको स्थानीय औषधि पसलेको भनाइ छ ।
केही पहिलाको प्रमाण :