मिलन केन्द्र काठमाडौं २२ औ पर्सा दिवस समारोह एक कार्यक्रम बिच काठमाण्डौमा सम्पन्न भएको छ ।
शनिवार काठमाडौं को जाउलाखेल स्थित डीएभी कलेजमा एक समारोहको विच पर्सा दिवस समारोह सम्पन्न भएको हो । सो कार्यक्रमका प्रमुख अतिथि पुर्व राजदुत डाक्टर राम भक्त ठाकुरले पर्सा बासीहरुलाई काठमाडौं मा हरेक किसिमको कठिनाई हुने गरेकोले त्यसको समाधानका लागी र पर्सा बासीहरुको लागी पर्सा मिलन केन्द्र को स्थापना गरिएको बताउनुभएको छ।
उहाले अब पर्सा बासीहरुको हकहितका लागी पर्सा मिलन केन्द्र काठमाडौं को उद्देश्य सफल हुने बताउनु भयो । उक्त पर्सा मिलन केन्द्रको २२ औं दिवस समारोह कार्यक्रमा बिभिन्न १० वटा बिधामा रहेका पर्सा बासीहरुलाई आज सो कार्यक्रममा सम्मान पत्र सहित दोसल्ला ओढाई सम्मान गरिएको थियो। सो सम्मान कार्यक्रममा एबीसी टेलिभिजन प्रदेस नम्वर २ को ब्युरो प्रमुख शेखर छतकुलीलाई संचार क्षेत्रमा सम्मान गरिएको थियो भने स्वास्थय क्षेत्रमा डाक्टर गोपाल प्रसाद गजुरेललाई, सामाजिक क्षेत्र तर्फ बृजेश प्रसाद चौधरीलाई सम्मान गरिएको छ । त्यसै गरी कला तथा संगित क्षेत्र तर्फ अजमत अली अंसारीलाई सम्मान गरिएको छ भने संचारकर्मी प्रतिमा चौधरीलाई पनी सम्मान गरीएको थियो भने जेष्ट नागरिक तर्फ जनक प्रसाद भण्डारी, बिज्ञान तथा प्रबिधी तर्फ मदन मोहन दास रहेका थिए भने प्रहरी तर्फ डिआईजी मिरा चौधरी र एसएसपी अनुराग दुवेदी लगायत रहेका थिए। सम्मानित हुनेहरु पर्सा बासीहरु मात्र हुन । अधिकांश बक्ता हरुले पर्सा मिलन केन्द्र काठमाडौंले पर्सा जिल्ला बासीहरुको हकहितमा काम गरे मात्र पर्सा मिलन केन्द्र को उद्देश्य पुरा हुने बताएका थिए। सो कार्यक्रममा प्रथम उपाध्यक्ष अमु सिंह सिजापती लगायतका सहभागिता रहेको थियो भने पर्सा मिलन केन्द्रका अध्यक्ष ईन्जिनियर उमेश कुमार गुप्ताको अधयक्षता गर्नु भएको थियो भने उक्त कार्यक्रम संचालन माहा सचिव ललन प्रसाद साहले गर्नु भएको थियो ।²