जनकपुरधाम, २३ मंसिर । आसमान नेपालको सहयोग तथा संयोजकत्वमा एवं जनता नमूना मा.वि.गिद्धा-बेलापट्टीको आयोजनामा अन्तर पालिका स्तरीय हाजिरीजवाफ प्रतियोगितामा गिद्धा-बेलापट्टीका छात्र-छात्राहरुले आधारभूत तह र माध्यमिक तह समेत दुबै तहमा प्रथम स्थान हासिल गरेका छन् ।
पालिका स्तरीय हाजिरी जवाफ प्रतियोगितामा जनकनन्दनी गाउँपालिका र विदेह नगरपालिकाका आधारभूत तह तथा माध्यमिक तहको छुट्टा-छुट्टै शुक्रबार नमूना मा.वि. गिद्धा-बेलापट्टीको शैक्षणिक मंचमा प्रतियोगिता संचालन भएको थियो। उक्त प्रतियोगितामा १५ वटा विद्यालय भाग लिएका थिए। यसमा दुवै तहमा नमूना मा.वि.गिद्धा-वेलापट्टी प्रथम,मा.वि.बफै दोस्रो रआधारभूत तहमा योगियाडा तेस्रो,त्यस्तै मा.वि.तर्फ दुहवी-गोवराही तेस्रो भएको गिद्धा-बेलापट्टीको प्राचार्य पवन कुमार मण्डलले बताए ।