पर्सा मिलन केन्द्र काठमाडौद्वारा वीरगंजको अलौमा आखाँ शिविर कार्यक्रम सम्पन्न भएको छ।
वीरगंज महनगरपालिका वडा नम्बर १७ अलौको वडा अध्यक्ष संजु छतकुलिको पहलमा पर्सा मिलन केन्द्र काठमाडौले श्रि द्वार देवी माध्यम उच्च बिधालयको प्राङ्गणमा आयोजना गरेको शिविरमा अलौ , सुगौली , श्रिसिया र कोन्हिया लगायतका ठाऊहरुमा ३५० जना बिरामीहरुको चेकजाँच गरि आखाँ शिविर कार्यक्रम सम्पन्न भएको हो।
पर्सा मिलन केन्द्रको महासचिव ललन साहले आखाँ शिविरमा ३५० जनाको चेकजांच गर्दा १८३ जना मोतिया बिन्दु रहेको बताए।साहले मोतिया बिन्दु पाएको १८३ जना बिरामीहरु अप्रेशन मिलन केन्द्र काठमाडौले गराउने बताएका छन।
उक्त शिविर कार्यक्रममा वडा अध्यक्ष संजु छतकुलिलाई सो कार्यक्रममा विशेष सहयोग गरेको हुनाले पर्सा मिलन केन्द्र काठमाडौले दोसल्ला उढाई मायाको चिन्हु दिदै सम्मान गरेको थियो भन्ने पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्का, केडिया आखाँ अस्पतालका डाक्टरहरुलाई समेत सम्मान गरेको थियो।
सो कार्यक्रममा वीरगंज महानगरपालिकाका वडा अद्य्यक्ष संजु छतकुलि, नेकपा एमालेका मधेश प्रदेश सदस्य उसमान अंसारी , जसपाका बिरेन्द्र यादव , समाजिक अभियन्ता प्रकाश ठारु , एबिसिका ब्युरो प्रमुख शेखर छतकुलि लगाएत पर्सा मिल्न केन्द्रका पदाधिकारीहरुको सहभागिता रहेको थियो भन्ने कार्यक्रमको सभापति पर्सा मिलन केन्द्र काठमाडौका अध्यक्ष उमेश कुमार गुप्ताले गरेका थिए भन्ने सो कार्यक्रम संचालन पर्सा मिल्न केन्द्रका महासचिव ललन साहले गर्नुभएको थियो।