जनकपुरधाम । सशस्त्र प्रहरीले २४ लाख बढी रुपैयाँ पक्राउ गरेको छ । सशस्त्र प्रहरीको टोलीले मोटरसाईकलको ट्यांकीमा लुकाई छिपाई भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको २४ लाख १७ हजार रुपैयाँ बरामद गरेको हो ।
मंगलबार बिहान करिब ११ बजेको समयमा धनुषाको बिदेह नगरपालिका वडा नम्बर ९ ईटहर्बास्थितबाट प्रदेश २–००२-००५ प ५७९८ नम्बरको निलो रंगको अपाची मोटरसाईकलको ट्यांकीमा लुकाई राखेको २४ लाख १७ हजार नेपाली रुपैयाँ सशस्त्र प्रहरीले पक्राउ गर्न सफल भएको हो ।
सशस्त्र प्रहरीको नम्बर २ छिनमस्ता बाहिनीका बाहिनीपति सशस्त्र प्रहरीका डिआईजी गणेश ठाडा मगरको स्पेशल फोर्स (सुराकी) को आधारमा सो रकम बरामद गर्न सफल भएको हो ।
नम्बर २ छिनमस्ता बाहिनीबाट सशस्त्र प्रहरी हबल्दार आत्माराम राउतको कमाण्डमा गएको सशस्त्र प्रहरीको टोलीले लुकाई छिपाई भारतबाट नेपाल ल्याउँदै गरेको सो रकम बरामद गरेको हो ।
यसको लागि नम्बर ८ गण हेडक्वाटर धनुषाका सहायक प्रहरी निरीक्षक केदारप्रसाद सापकोटा र बिओपी धनौजीबाट सशस्त्र निरीक्षक मनिष कुमार कटुवालको कमाण्डमा गएको कुल १२ जनाको प्रहरी टोलीले मोटरसाईकलसहित रकम नियन्त्रणमा लिएको हो ।
मोटरसाईकलको मूल्य गरी कुल २६ लाख १७ हजार रुपैयाँलाई कारवाहीको लागि भन्सार कार्यालय पठाएको जनाइएको छ ।
पक्राउ पर्नेमा भारतको बिहार राज्य मधुवनी जिल्लाको मंगपट्टि बस्ने अन्दाजी बर्ष २३ को उमेश कुमार रहेका छन् । उनलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय धनुषालाई जिम्मा लगाएको बताइएको छ ।