वीरगंज ४ सोमबार
सशस्त्र प्रहरी बल बिओपी भिखमपुरले शनिबार बिहान पर्साको धोबोनी गाऊपालिका वडा नम्बर ५ घोडदावरामा बिहान ठुलो मात्रामा भैसी पक्राउ गरेको हो।सशस्त्र प्रहरी बल बिओपी भिखमपुर बिओपी प्रमुख एवम सशस्त्र प्रहरी निरीक्षक संजय गोईतको नितृत्वको रहेको टोलीले ६१ वटा भैसी पक्राउ गरि वीरगंज भन्सारको टोली पुगि लिलाम गरेका छन्।पर्साको जगरनाथपुर गाऊपालिकामा भैसी बजार लगाउन अनुमति नेपाल सरकारले दिएको छ।तस्कर समुहरुले सिमानाकामा रहेका सशस्त्र प्रहरीको सहयोगमा भारतवाट नेपाल तर्फ रातभरी भैसीहरु भित्राउने गरेका छन्।
स्रोतको अनुसार भारतका महादेव यादव भन्ने तस्करले सशस्त्र प्रहरी बल बिओपी प्रमुख गोईत सम्पर्क नरहेको हुनाले ८६ वटा भैसी समात्यो।भैसी समातेको बेलामा यादव त्यही पुगेर भैसि छौडाउन पुगेका थिए।यादव पुगिपछि ईन्सपेकटर साहेब छोडन मानैन ।त्यसै पछि यादवले केहि भैसी छोडन् गुहार गरेर केहि छिन् पछि २५ वटा भैसी छोडेको बताए।
वीरगंज भन्सारका कर्मचारीहरु बर्षदेखि वीरगंज भन्सारमै सोर्स फोर्साको बलमा पर्सामा नै कार्यरत छन्।उनीहरु पुरानो कर्मचारी भएको हुनाले भैसी तस्करहरुको सेटिङ्गमा बस्ने गरेका छन्। विगत केहि महिना अगाडी सशस्त्र बल बिओपी अलौले ८ वटा भैसी पक्राउ गरेका थिए।बिहिबारको दिन भेसी पक्राउ गरेको दिन देखि सशस्त्र प्रहरीले पटकपटक भन्सारको कर्मचारीलाई आउनु आग्रह गरेपनि भन्सराका कर्मचारीहरु ताडदै ताडदै ५ दिन पछि भन्सार कर्मचारीहरु पुगि लिलाम गरेको समाचारहरु विभिन्न मिडियाहरुमा आएका थियो ।
बिदाको दिन शनिबार बिहान सशस्त्र प्रहरीले पक्राउ गरेका भैसी भन्सार कर्मचारीहरुले तस्करहरु सित सेटिङ्ग गरि
सो दिननै पुगि ६१ वटा भैसीको मुल्य मात्र १३ लाख रुपैयामा लिलाम गरेका छन्।
एक भैसी व्यापारीको अनुसार १ गोटा कटानीको लागि जाने भैसीको मुल्य करिब ५० हजार देखि १ लाख रुपैया सम्म हुने गरेको छन्।भन्ने ६१ वटा भैसीको मल्य ५० हजारको दरले करिब ३० लाख रुपैयाँ बराबरको रहेको छ ।
तर वीरगंज भन्सार कार्यालयका कर्मचारी र सशस्त्र प्रहरी बल बिओपीको मिलोमतोमा बिदाको दिन ३० लाख रुपैया बराबरको भैसी १३ लाख रुपैयामा लिलाम गराएकोले स्थानियहरु फेसबुकमा स्टाटस मार्फत आरोप लगाएका छन्।
सशस्त्र प्रहरी बल १३ नम्बर गणका प्रमुख एवम सशस्त्र प्रहरी नायव उपरीक्षक संतोष बस्नेत संग बुझदा उहाले ६१ वटा भैसी रहेको बताए ।६१ वटा भैसी वीरगंज भन्सारले १३ लाख रुपैया मुल्य बराबरको रहेको बताउनुभयो ।
यस्ता गतिविधि तर्फ सम्बन्धित निकायको ध्यान जान यति आवशयक रहेको प्रत्यक्षदर्शीहरुले बताएका छन्।