2025-02-05

Close

वीरगञ्ज । पर्साको पोखरियामा रहेको ईलाका प्रहरी कार्यालय पोखरीयाको प्रहरी प्रमुखको रुपमा प्रहरी निरीक्षक आयुष जोशी आएदेखी इलाका प्रहरी कार्यालय पोखरिया अन्तरगतका आम जनमानसले प्रहरीबाट अपेक्क्षा गरे अनुसारको शान्ति सुरक्षाको अनुभुती गर्न थालेका छन ।

खुला सिमाका कारण हुने अन्तर देशीय अपराधिक गतिविधीका घटना हुन नदिन सिमामा कडाई गर्नुको साथै आफना प्रहरी विंगहरुलाई चनाखो भएर अवैध गतिविधी नियन्त्रण गर्न खटाईनुले क्षेत्रबासी अमन चयनका साथ सांस लिन पाएका छन ।

केही व्यक्तिगत रिश्वीका घटना बाहेक छिटफुट घटनाहरु भएपनि त्यसलाई कडाईका साथ लागेर निचोड सम्म पुरयाउने अठोटले प्रहरी प्रति जनविश्वास बढदै गएको स्थानीयले अनुभव गरेका छन ।

इलाका प्रहरी कार्यालय पोखरीयाका प्रमुखको रुपमा आएको ७ महिनामा प्रहरी निरीक्षक जोशीको कमाण्डमा लाखौं लाख बराबरको राजश्व भन्सार दाखीला गरिएको ईलाका प्रहरी कार्यालय पोखरीयाको तथ्यांकले देखाएको छ ।

नेपाल प्रहरीका सिमानाकाहरुमा रहेका प्रहरी युनिटहरुले भारत संगको खुला सिमा नाकाका कारण हुने अवैध भन्सार छली चोरी निकासीमा कडाई गरेपनि विभिन्न माध्यम अपनाएर गरिएका अवैध भन्सार छलीका समानहरु प्रहरीले गाउँको विभिन्न स्थानहरुबाट बरामद गरि वीरगञ्ज भन्सार तथा राजश्व अनुशनधान कार्यालय पथ्लैयामा बुझाइएको प्रहरी निरीक्षक जोशीले जानकारी दिनु भयो ।

बरामद समानहरुमा राँगा , लत्ता, सखर , गेहु , धान , कपडा, हार्डवेयर, किराना सामान, शर्टिंग शुटिंग, मालबाहक गाडीहरु लगाएत रहेका छन ।

लाखौं लाख रुपैयाको बराबरको अवैध माल सामानहरू बरामद नियन्त्रणमा राजस्व सरकारी कोषमा दाखिला गराउन प्रहरी निरीक्षक जोशी सफल भएका छन् ।

प्रहरी निरीक्षक जोशी ईलाकामा शान्ति सुरक्षा कायम गर्ने प्रहरीको पहिलो दायित्व भएको बताउँदै इलाकावासीलाई शान्ति सुरक्षाको अनुभुति गराउनु मेरो पहिलो प्राथमिकता रहेको बताउनु भयो ।

लागुऔषधहरु गांजा , फेनारगन , डाईजिल्याब , नुर्फिन , नाईट्राभेट टयाबलेट , कोरेक्स बरामद गरिनुका साथै लागु औषध मुदामा सजाय पाई लुकी छिपी बसेका कै आपराधिक क्रियाकलापमा संलग्न रहेको व्यक्तिलाई समेत प्रहरी निरीक्षक जोशी पक्राउ गरी कैद गराउन सफल भएका छन ।

यसैगरी विभिन्न ठाउहरुबाट चोरी भएका दर्जन भन्दा बढी मोटरसाईकलहरु बरामद गरि धनीलाई बुझाइएको उनले बताए ।

सिमा वारपार हुने भन्सार चोरी तस्करीलाई नियन्त्रण गर्न मातहतका युनिटहरुलाई कडाई गर्न निर्देशन दिइएको प्रहरी निरीक्षक जोशीले जानकारी दिए ।

पर्साको इलाका प्रहरी कार्यालय पोखरीया अन्तरगत पर्ने केही पालिकाहरु अति संवेदनशील भए पनि स्थानिय तह , प्रदेश र संसदीय निर्वाचन पनि शान्ति पूर्वक गराउन समेत प्रहरी निरीक्षक जोशी सफल भएका हुन् । भर्खरै सम्पन्न भएको प्रदेश र केन्द्रिय निर्वाचन एकदम भयरहित र शान्तिपूर्ण गराउन सफल भएका प्रहरी निरीक्षक जोशीलाई स्थानिय बासीहरुको पनि प्रशंसा गरेका थिए । इलाका प्रहरी कार्यालय पोखरीया अन्तरगत बढी भारतसंग सीमानाका जोडिएका हुनाले अतिसम्बेदनशील मानिएका गाउँपालिकामा शान्तिपूर्ण र भयरहित वातावरणमा चुनाव गराउन सफल भएका प्रहरी प्रतिको विश्वास आम जनमानसमा अझै बढ्न गएको छ।

सीमा नाकामा कडाइ हुन साथ तस्करहरुमा हाहाकार मचेको हो भने कतिपै तस्करहरुले संयोजित तरिकाले प्रहरी निरीक्षक जोशीलाई बद्नाम गराउन लागेका छन् भने कति पैसाको प्रलोभनमा पारी प्रहरी निरीक्षक जोशीको चरित्र हत्या गराउन समाचार पनि लेखाउन लागेका छन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर