अप्पन जनकपुर
जनकपुरधाम । नेकपा एमाले मधेश प्रदेशको संसदीय दलको प्रमुख सचेतकमा प्रदेशसभा सदस्य लखन दासलाई चयन गरिएको छ ।
शनिबार दासलाई एमाले संसदीय दलका नेता सरोज कुमार यादवले प्रमुख सचेतकमा चयन गरेका हुन् ।
दास नेकपा एमालेबाट धनुषा क्षेत्र नम्बर–२ को (क) प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।
संसदमा पार्टीको धारणा राख्न, कार्यव्यवस्था परामर्श समितिको बैठकमा भाग लिने लगायत महत्त्वपूर्ण संसदीय गतिविधिमा प्रमुख सचेतक र सचेतकको भूमिका रहने गर्दछ ।