अप्पन जनकपुर
जनकपुरधाम । धनुषाको कमला नगरपालिकास्थित पुष्प बाँडने एक व्यक्तिको साईकल र मोबाईल लुटिएको बताइएको छ ।
पसलेहरुलाई पुष्प बाँडने धनुषाको कमला नगरपालिका वडा नम्बर ८ हरिने बस्ने अन्दाजी ४५ बर्षिय राम कुमार भण्डारीको स्थानीय दुई युवकले साईकल र मोबाईल लुटेको बताइएको छ ।
कमला नगरपालिका ८ बस्ने एक वडासदस्यका भतिजो रहेको सरोज यादव र निरज यादवले भण्डारीको साईकल र मोबाईल लुटेर भागेको पीडितले जनाएको छ ।
हरिनेबाट चिया खान सोनापाडा चोकमा जाँदै गर्दा हरिने स्थित रहेको रा.प्रा.वि स्कूल नजिकै यादवद्धयले भण्डारीको साईकल र मोबाईल दुवै लुटेर भागेको पूर्व वडाध्यक्ष राजेश्वर मरिक यादवका छोरा सरोज यादवले जानकारी दिए ।
सो सन्दर्भमा स्थानीय प्रहरीलाई जानकारी गराएको तथा प्रहरी पक्राउ गर्न जाँदा उनीहरु फरार भएको जनाइएको छ ।