जनकपुरधाम । धनुषाको ईलाका प्रहरी कार्यालय खजुरीमा एक बर्षको कार्यकाल सम्पन्न गरी ईन्सपेक्टर निरञ्जन घिमिरे विदा भएका छन् ।
करिब १ बर्ष ईलाका प्रहरी कार्यालय खजुरीमा रहँदा ईन्सपेक्टर घिमिरेले दर्जनौ फरार अभियुक्तलाई पक्राउ गर्न सफल भए भने सीमा क्षेत्रमा लागूऔषध नियन्त्रणमा कडा भूमिका निर्वाह गरे ।
सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रणको लागि एक्ट्रा प्रहरी खटाएर अवैद्य तस्करी नियन्त्रण गरेका ईन्सपेक्टर घिमिरे आफ्नो कार्यकालमा शून्य विवाद ल्याए । उनले आफ्नो कार्यकालमा कुनै प्रकारको विवादमा मुछिएनन् ।