जनकपुरधाम । मधेश प्रदेश सरकारबाट नेकपा एमालेका चार मन्त्री र एक राज्यमन्त्रीले राजीनामा दिएका छन् । मधेसमा २३ सांसदसहित सबैभन्दा ठूलो दल बनेको एमाले सरकारबाट बाहिरिएसँगै अब प्रतिपक्ष बनेको छ ।
भौतिक पूर्वाधारमन्त्री सरोजकुमार यादव, गृह तथा सञ्चारमन्त्री शत्रुघनप्रसाद सिंह, कानून-न्याय तथा प्रदेशमामिला मन्त्री राजकुमार लेखी, महिला-बालबालिका, युवा तथा खेलकुद मन्त्री मो. जैद आलम साथै गृह तथा संचार राज्यमन्त्री केशव रायले मुख्यममन्त्री सरोजकुमार यादवसमक्ष राजीनामा दिएका हुन् ।
केन्द्रमा सत्ता समीकरण फेरिएपछि काम गर्न असहज भएकाले राजीनामा दिएको गृह तथा सञ्चारमन्त्री शत्रुघनप्रसाद सिंहले जानकारी दिए । मधेसश प्रदेशमा एमालेका २३, कांग्रेसका २२, जसपाका १६, जनमत पार्टीका १३, लोसपाका ९, माओवादी केन्द्रका ८, एकीकृत समाजवादीका ७, स्वतन्त्र ६, राप्रपा, नेपाल संघीय समाजवादी र नागरिक उन्मुक्ति पार्टीका एक एक सांसद छन् ।