अप्पन जनकपुर
जनकपुरधाम । नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री उमाशंकर अरगरियाको विकासे कोषबाट सलहेश मन्दिरको निर्माण गरिएको छ ।
धनुषा निर्वाचन क्षेत्र नं. २ को शहिदनगर नगरपालिका वडा नं. २ चोराकोयलपुरस्थित नेता अरगरियाको सँसदीय विकास कोषबाट सलहेश मन्दिर निर्माण गरिएको हो ।
शुक्रबार सलहेश पूजाकै दिन नेता अरगरियाले एक कार्यक्रमबीच मन्दिरको उदघाटन गरेका हुन् । सो क्रममा उनले मूर्ति स्थापना समेत गरे ।
शहिदनगर नगरपालिका उपमेयर सुनिता सिंह, नेकपा एमाले क्षेत्र नं.२ क्षेत्रीय अध्यक्ष जय प्रकाश सुनरैत, पूर्व वडा अध्यक्ष जैसिलाल भिनवार, शहिदनगर ७ नं. वडा अध्यक्ष महेश्वर मण्डल, सत्रुधन पसवान, रामचन्द्र चोरवार, रामकुमार भिनवार, अध्यक्षता सतेन्द्र चोरवार र गाउँको बुद्धिजिविहरु उपस्थितमा मूर्ति स्थापनासहित मन्दिरको उदघाटन गरिएको हो ।