जनकपुरधाम । निर्वाचन आयोगको कार्यालयले मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवलाई स्पष्टीकरण सोधेको छ ।
निर्वाचन आयोगले यादवलाई उपनिर्वाचनका बेला अनुमतिबिना निर्वाचन आचारसंहिता विपरीत कार्य गरेको भन्दै २४ घण्टे स्पष्टीकरण सोधेको हो ।
बारा क्षेत्र- २ मा प्रतिनिधिसभा सदस्य उपनिर्वाचन भइरहेका बेला मुख्यमन्त्री सरोज कुमार यादव पचरौता नगरपालिका गएका थिए ।
आयोगले निर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकूल असर पर्ने गरी अनुमतिबिना निर्वाचन आचारसंहिता विपरीत हुने गरी उनलाई के कति कारणबाट पचरौता नगरपालिका क्षेत्रमा जानुभएको हो ? भनी यादवलाई स्पष्टीकरण सोधेको छ ।
यस्तो छ, आयोगले सोधेको स्पष्टीकरण: