2025-01-15

Close
बुढगाई,भेडिहर्वा , चरगाहा र जयमंगलापुर नाकाबाट भारतीय नम्बरको ट्याक्टरमा नक्कली नेपाली नम्बरको प्लेट झुन्डयाई गहुँको तस्करी

भारतीय नम्बरको ट्याक्टरमा लोड रहेका गहुँ नेपालमा भित्राउनको लागि गैर कानुनी रुपले नेपाली नम्बरको नक्कली प्लेट लगाई वीरगंज सम्म पुर्‍याउने गरेका छन।यी नाकाहरुबमाट भित्राएका ट्याक्टरहरु ओभर लोड गरि करि ३० किलोमिटर भित्र रहेका वीरगंज बजार सम्म पुर्‍याउन जादा बाटोमा रहेका प्रहरीलाई फेैला नपर्नेु शंकाको बिषय बनेको छ।

वीरगंज २३ शनिबार
पर्साका ग्रामीण भेगमा रहेका नाकाहरुबाट व्यापक रुपमा गहुँ ,शकर र भैसीको तस्करी बढेको छ।पर्साका शहरी भेगमा रहेका वीरगंज भन्सार , छपकैया , अलौनाकाहरुमा तस्करीमा कडाई भएपछि अहिले ग्रामीण भेगका नाकाहरुबाट व्यापक रुपमा तस्करी भईरहेको प्रत्यक्षदर्शीहरुले बताएका छन्।
पर्साका ग्रामीण भेगमा रहेका बुढगाई नाका भेडिहर्वा नाका ,चरगाहा ,जयमंगलापुर ,धोरै नाकाबाट व्यापक रुपमा तस्करहरुले ट्याक्टरमा लोड गरि गहुँको तस्करी गर्दे आएका छन्।तस्करहरुले भारतको रक्सौल , सिसवा ,भेलाही सिक्टा बजारहरुमा रहेका गोदामबाट सस्तो मूल्यमा खरिद गरि भारतीय नम्बरको ट्याक्टरमा लोड गरि सिमानाका सम्म ल्याई नेपाली नम्बर बनाउनको लागि नक्कली नम्बर प्लेट झुन्डयाई सिमानाकामा रहेका स्थानिय प्रशासनहरुको सहयोगमा नेपाल भित्राउने गरेको नाम नछाप्रने सर्तम स्थानियले बताएका छन।स्थानीयहकरुको अनुसार सिमानाकामा रहेका बिओपी र प्रहरी चौकीहरुको मिलोमतोमा भारतीय नम्बरको ट्याक्टरहरुमा नेपाली नम्बरको नक्कली नम्बर प्लेट झुन्डयाई वीरगंज बजार सम्म लोड रहेको गहुँ पुर्‍याउने गरेका छन्।यस्ता नक्कली नम्बर प्लेट झुन्डायाएको ट्याक्टरले केही दुर्घटना भएमा को जिम्मेवार हुने यो कुरा प्रशनको बिषय रहेको बताएका छ।
स्रोतको अनुसार प्रति ट्याक्टरको ५ हजार देखि ८ हजार रुपैयाँ सम्म प्रहरी प्रशासनहरुले लिने गरेको बताए।
त्यसैगरि पर्साको प्रसौनी , सबैठवा र स्वर्णपुर नाकाबाट अहिले भैसी र रङ्गाको तस्करी फस्टाएको छ।
प्रसौनी र सबैठवा नाकाबाट ३ जनाको समुहले दिन्हु १सय देखि २ सय सम्म भैसी भारतबाट नेपाल भित्राउने गरेका छन्।
प्रसौनी र सबैठवा बिओपीहरुलाई १ गोटा भैसीको १५ सय दरले रकम बुझाई रातभरी भैसी भित्राउने गरेको एक व्यापारीले बताएका छन्।
यस्ता गतिविधि तर्फ सम्बन्धित निकायको ध्यान जान यति आवशयक देखिएको छ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर