वीरगंज२५ आईतबार
सिमानाकाको मुख्य जिम्मेवारी पाएको सशस्त्र प्रहरीका हाकिमहरुको संरक्षणमा पर्साको ग्रामीण भेगका नाकाहरुबाट व्यापक रुपमा तस्करी शुरु।
सशस्त्र प्रहरी बल मधेश प्रदेशका डिआईजि दिपेन्द्र शाहले सिमानाकमा हुने अवैध तस्करी पुर्णरुपले नियन्त्रण गर्ने निर्देशन दिएपनि पर्सा जिल्लाको ग्रामीण भेगका भिस्वा, धोरै , टिहुकी , बुढगाईको नाकाहरुबाट व्यापक रुपमा तस्करी हुँदै आएको हो।
डिआईजि शाहको निर्देशन विपरीत सशस्त्र प्रहरी बल १३ नम्बर गणका प्रमुख एवम सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलिया र सशस्त्र प्रहरी सिमा सुरक्षा प्रस्तावित गुल्मा सबैठवाका प्रमुख एवम सशस्त्र प्रहरी नायव उपरीक्षक केशवराज ओलियाले र सशस्त्र प्रहरी बल बिओपी भिस्वाका प्रमुख एवम सशस्त्र प्रहरी निरीक्षक बिष्णु हरि थापाले भिस्वा तस्करीको लाईन ठुलो मात्रामा तस्करीको लाईन दिएको स्रोतले जनाएको छ।
सशस्त्र प्रहरीका एसपी थपलियाले देखावटीको लागि वीरगंजको छेउछेउमा रहेको विभिन्न नाकाहरुबाट तस्करी बन्द गरि ग्रामीण भेगमा रहेका धोरै , पकाहा , भिस्वा , बुढगाई ,लगाएतको नाकाहरुवाट चाईनिज स्याऊ, कास्मेटिक सामान , ईलाची , काजु ,लत्ताकपडा ,कबाड ,र भैसी लगाएतको तस्करीको लाईन सुचारू गराएका छन्।
सशस्त्र प्रहरी हेडक्वाटरले सिमानाकमा हुने अवैध तस्करी रोक्नको लागि सिमानाकामा रहेका बिओपी र बेशका प्रमुखहरु तथा हवल्दार र सिपाहीहरुलाई मात्र कार्यबाही गर्नेको लागि ऐन र सशस्त्र प्रहरीका पर्सा प्रमुख थपलियाको चैन किन संगठन भित्र रहेको चैन अफ कमाण्ड माथि नै शंका बनाएको छ।