अप्पन जनकपुर
जनकपुरधाम । जनमतले लोसपाबाट प्रवेश गरेका डा. शरदसिंह यादवलाई पार्टी प्रवक्ता तोकेको छ । बिहीबार साँझ बसेको पार्टीको सचिवालय बैठकले डा. यादव प्रवक्ताको जिम्मेवारी दिइएको हो।
साथै जसपाबाट जनमतमा प्रवेश गरेका नरसिंह चौधरीलाई पार्टीको उपाध्यक्ष बनाइएको छ ।
बैठकले १७ सदस्यीय सचिवालय, ३९ सदस्यीय कार्यकारिणी समिति, १४ सदस्यीय राजनीतिक समिति र २१६ जनाको केन्द्रीय समिति बनाउने निर्णय समेत गरेको छ ।
पछिल्लो समय जनता समाजवादी (जसपा) त्यागेर जनमतमा प्रवेश गरेका नेताहरुलाई केन्द्रीय समितिमा समेटिएको छ ।