अप्पन जनकपुर
जनकपुरधाम । समसामयिक विषय बस्तुमा छ्लफल तथा प्रशिक्षणको लागि जनमत पार्टीले मधेश प्रदेश समितीको बैठक बोलाएको छ ।
भोलि साउन १२ गते शुक्रबार बिहान ७ बजे बर्दिबासस्थित बर्दिबास रिसोर्टमा बैठक बोलाइएको जनमत पार्टी केन्द्रीय कार्यकारिणी समिती सदस्य सत्यनारायण मण्डलले जानकारी दिए ।
बैठकमा समसामयिक विषयमा छ्लफल,पार्टी सम्बन्धि प्रशिक्षणसहित अन्य विषय बस्तुमासमेत छ्लफल हुने नेता मण्डलले बताए । बैठकमा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतसहित पार्टीका शिर्ष नेताहरुकोसमेत उपस्तिथि रहने उनले बताए ।