अप्पन जनकपुर
जनकपुरधाम । भारतका विश्वप्रसिद्ध हिन्दु धर्म प्रचारक मानिएका बागेश्वरधाम सरकार नेपाल आउने भएका छन् ।
बागेश्वरधामका संस्थापक आचार्य धीरेन्द्र कृष्ण शास्त्री (बागेश्वर धाम सरकार) ले आगामी भदौ २ देखि ४ गतेसम्म नेपालको प्रख्यात धार्मिकस्थल शाश्वतधाममा हनुमन्त कथा वाचन गर्ने भएका छन् ।
चौधरी ग्रुप एवम् सीजी कर्प ग्लोबलका प्रवन्ध निर्देशक बरुण चौधरीको निमन्त्रणामा बागेश्वर धाम सरकारले शाश्वतधाममा कथा वाचन गर्ने भएका हुन् । बागेश्वरधाम सरकारका नामले चर्चित आचार्य धीरेन्द्र आध्यात्मिक गुरुका रूपमा परितिच छन् ।
उनले भारतसहित विश्वको विभिन्न देशमा हिन्दुत्व र सनातन धर्मको बखान गरिरहेका छन् । सर्वसाधारणले आफ्नो दुःख लिएर बागेश्वर धाम सरकार कहाँ जाँदा उनले पर्ची हेरेर उनको मनको कुरा, विगत र दुःख निवारणको उपायहरु बारे बताउने गर्दा भारतमा कलिला उमेका प्रसिद्ध बाबाको रुपमा प्रख्यात भएका छन् ।