2025-01-03

Close

जनकपुरधाम । सर्लाहीमा विषालु सर्पले डस्दा एक बालकको मृत्यु भएको छ । सर्लाहीको चन्द्रनगर गाउँपालिका ५ महोनपुर घर भएका नजामुद्दिन अन्सारीका १२ वर्षीय छोरा नुरसैद्दको विषालु सर्पले टोक्दा मृत्यु भएको हो ।

चन्द्रनगरकै श्रीनगरस्थित मावली घरमा बसेर पढ्दै आएका बालकलाई आइतबार राति सुतेकै ठाउँमा करेट प्रजातिको विषालु सर्पले टोकेको थियो ।

राति बालकसँगै सुतेका अन्य बालबालिकाले नुरसैद्दलाई कालो सर्पले कानमा टोकेको जानकारी अभिभावलाई गराएपछि उनलाई उपचारको लागि सुरुमा नवलपुरस्थित सर्पदंश उपचार केन्द्रमा लगिएको थियो । त्यतिबेलासम्म बालक सर्पको विषले लठ्ठ परिसकेका थिए ।

बालकलाई भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने अवस्था देखेपछि नवपुरका स्वास्थ्यकर्मीले उनलाई तुरुन्तै प्रादेशिक अस्पताल जनकपुर लैजान सुझाव दिएका थिए ।

जनकपुरमा उपचारकै क्रममा राति नै बालकको मृत्यु भएको हो । बालकको उपचारमा ढिलाई भएकाले उनको मृत्यु भएको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।

सर्पदंश उपचार केन्द्र नवलपुरमा पनि आईसीयू र भेन्टिलेटर मेसिन भने छ । तर, दक्ष प्राविधिक जनशक्तिको अभाव हुँदा त्यो भेन्टिलेटर चार वर्षदेखि कोठामा थन्क्याएर राख्ने गरिएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर