जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिका-६ हठिपुरमा अवस्थित मंगलेश्वर महादेव मन्दिरको संस्थापक डा. सत्यनारायण भदिसवार यादवको निधनप्रती नेकपा एमालेका केन्द्रिय तथा पूर्वमन्त्री उमाशंकर अरगरियाले दुख व्यक्त गरेका छ्न ।
मंगलबार पूर्वमन्त्री अरगरियाले डा. सत्यनारायणको निधनले अभिवावक गुमाएको भन्दै उनले शोक व्यक्त गरेका हुन ।
समाज परिवर्तनमा डा. सत्यनारायणको भुमिका अतुलनीय रहेको पूर्वमन्त्री अरगरियाले बताए । उनले भने ,’म अहिले खाडी मुलुक कतारमा रहेको छु, कतारबाटै दुख व्यक्त गरेका छ्न ।’ उनले डा. सत्यनारायण भदिसवार यादव जस्तो अभिवावक र मार्गदर्शक गुमाएको सुनाए ।
उहाँले समाज परिवर्तनमा पुर्याउनुभएको योगदान स्मरण गरिरहेको छु’ उनले भनेका छन् ।उहाँले अध्यात्मिक चिन्तक ,शिक्षा प्रेमी, समाजसेवी गरिब, मदजुरहरुको सहारा बनेका थियो । उहाँ प्रती श्रद्धाञ्जली दिदै भदिसवार यादव परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।
डा. सत्यनारायण भदिसवार यादवको निधन मंगलबार राती १२:४५ मा अमिरेकामा भएको हो । उहाँको अन्तिम संस्कार अमिरेकामै गर्नेछ । उहाँको अन्तिम संस्कार बुधबार साँझ ७ बजे हुने अमिरेकाबाट लाईभ जोडेर गाउँबासीलाई संस्कारमा सहभागी गराउने परिवारजनले बताए ।