- बारा३१ भदौ
कृष्ण यादव ,बारा प्रहरीको कमाण्ड सम्हालेका एसपी सुरेश काफ्ले जिल्लाको शान्ति सुरक्षा कायम गर्नु आफ्नो पहिलो दायित्व भएको बताएका छ्न ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक (एसपी) सुरेश काफ्लेले शान्ति सुरक्षा कायम गराउन ऐन कानुनमा रहेर कुनै पनि कसर नछाड्ने बताउनु भएको छ।
जिल्ला प्रहरी कार्यालय दाङबाट भर्खरै सरुबा भई जिल्ला प्रहरी कार्यालय बाराको प्रमुखको रुपमा आउनुभएको एसपी सुरेश काफ्ले आफु प्रचलित ऐन र कानुनको परिधिमा रहेर कसैको दवाव र प्रभावमा नपरी काम गर्ने बताउनु भएको छ ।
आज बाराका पत्रकारहरुसंग परिचयात्मक कार्यक्रममा उनले बाराको समग्र सुरक्षा व्यवस्था, अपराध नियन्त्रण लगायतको सवालमा आफू निर्मम भएर लाग्ने बताए । बारा जिल्ला
सिमासँग जोडिएकोले पनि यहाँ अपराधिक घटना धेरै हुने भएकोले नागरिकको सुरक्षा प्रत्याभूत हुने गरि काम गर्ने साथै
तस्करी नियन्त्रण, लागुऔषध रोकथाम, फरार अपराधी पक्राउ, क्रसर लगायतका क्षेत्र प्रहरीले निगरानी बढाउने उनले बताए ।
पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरिक्षक एवम् प्रवक्ता दधिराम न्यौपाने लगायतको उपस्थिति रहेको थियो।
प्रकशित मिति : 2023-09-17
सम्बन्धित