वीरगंज ८ सोमबार
प्रहरीले प्रतिबन्धित लागूऔषध चरेश ३२ किलो बरामद गरेको छ।पर्सा प्रहरीले अवैध लागूऔषध चरेश सहित ठोरीका क्षेत्र बहादुर श्रेष्ठलाई नियन्त्रणमा लिएको हो।विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण शाखा वीरगंज र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको संयुक्त टोलीले स्वर्णपुरबाट वीरगंज तर्फ आउदेै गरेको ना ६१ प९७०० नम्बरको मोटरसाईकललाई जिराभवानी गाऊपालिका गम्हरिया स्थित सडकखण्डमा रोकी चेकजाँच गर्दा सेटमुनी बोरा भित्र ५००ग्रामको ६४ पोका प्याकिङ गरि राखेको ३२ किलो प्रतिबन्धित लागूऔषध चरेश सहित श्रेष्ठलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एवम प्रहरी उपरीक्षक कोमल शाहले बताउनुभयो।पक्राउ परेका श्रेष्ठलाई लागू औषध सम्बन्धि कसूरमा मुद्धा चलाएको पर्सा प्रहरी प्रमुख शाहले जानकारी दिनुभयो।