जनकपुरधाम । धनुषाको विदेह नगरपालिका-२ दुहवीस्थित नेपाल भारत सिमामा आईतवार सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र भारतको एसएसविको संयुक्त सहभागीमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ । वातावरणीय सरसफाई तथा प्लाष्टिक जन्य फोहर व्यवस्थापन सम्बन्धी जनचेतना मूलक कार्यक्रममा सशस्त्र प्रहरी प्रस्तावित सीमा सुरक्षा गुल्म (बिओपी महिनाथपुर), ईलाका प्रहरी कार्यालय दुहवी गोबराही र भारतको सशस्त्र एसएसविको प्रहरीहरूको सहयोगमा सरसफाई भएको हो ।
कार्यक्रममा प्रस्तावित सीमा सुरक्षा गुल्म (बिओपी महिनाथपुर) प्रहरी डिएसपी प्रेम सागर बिष्टको नेतृत्वमा ७ जनाको टोली, ईलाका प्रहरी कार्यालय दुहवी गोबराहीबाट प्रहरी वरिष्ठ नायव निरीक्षक (इन्स्पेक्टर) जय प्रकाश साहको नेतृत्वमा ५ जनाको टोली र भारतको सशस्त्र एसएसवि इन्स्पेक्टर मुकेश खाटोमडरियाको नेतृत्वमा ६ जना टोली सहभागी भई सरसफाई गरिएको हो ।