वीरगन्ज १६ मंगलबार पर्साको जगरनाथपुर गाऊपालिका वडा नम्बर ५ मसिहानी असोज१ गते आफ्ने घरमा मृत भेटिएका ५२ बर्षिय कान्ति देवी बिनको हत्या उनको देवर र जेठाजुको योजनामा भएको प्रहरी अनुसन्धानले खुलेको छ। पर्सा प्रहरीलाई महिलालाई घाँटी रेटी हत्या गरेको सूचना आउनासाथ प्रहरी उपरीक्षक कोमल शाह नेतृत्वको टोली तालिम प्राप्त कुकुरसहित घटनास्थल पुगेको थियो । मृतकका छोरा अर्जुन मुखिया वीन वैदेशिक रोजगारबाट फर्किएपछि असोज ७ मा लालबाबु राउतविरुद्ध किटानी जाहेरी दिएका थिए । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एवम प्रहरी उपरीक्षक कोमल शाहले जगरनाथपुर गाऊपालिका कान्ति देवी बिनको हत्याको आरोपमा प्रहरीले उनको जेठाजु,देवर र उनको एक आफन्त गरि हत्याको आरोपमा तिनजनालाई पक्राउ गरेको हो।प्रहरी अनुसन्धानको क्रममा हिरासतमा रहेको लालबाबुको बयानको आधारमा उनको जेठाजुहरु चन्द्रिका राउत बिन,अमीरीका राउत बिन र देवर पर्ने लालबाबु बिनलाई कर्तव्य ज्यान मुद्दा पक्राउ गरेको बताउनुभयो। प्रमुख शाहको अनुसार बिनको छोरा बिदेशी रोजगारको सिलसिलामा बाहिर रहेकोले बिदेसबाट पैठाएको पैसा चोरी गर्न तिनैजना योजना बनाई घर भित्र प्रबेश गरी चोरी गर्नको लागि बक्साहरु खोतिल्दै गरेको अवस्थामा मृतकले हेरे पछि चिनेदरले उनीहरु मिलेर बिनको टाऊकोमा रड र काठको फलकले प्रहार गरी बेहोस बनाए पश्चात् सिरकले मुख थुनि खुर्पीले घाँटी रेटी हत्याको गरेको अनुसन्धान बाट खुलेको बताए ।पक्राउ परेका लालबाबु ,चन्द्रिका र अमिरिका बिन समेतलाई पोलिग्राह परीक्षण गरि अनुसन्धान गरेको प्रहरी उपरीक्षक शाहले बताउनुभयो ।