वीरगंज २८ असोज
पर्सा प्रहरीले भन्सार छलि गरि ल्याएको कम्प्युटर ,ल्यापटप तथा कम्प्युटरका पार्टसहरुको बरामद गरेको छ।
वीरगन्जको ५ नम्बर वडा स्थित रहेकोADकम्पयुटर सप्लायर्सा सिहको घरबाट भन्सार छलि गरि अवैध रुपले भित्राएको कमप्युटर , ल्यापटप तथा ईलेक्ट्रोनिक्स सामानहरु बरामद गरेको हो।
जिल्ला प्रहरी कार्यालय पर्सा र वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको संयुक्त टोलीले A.D.Computer Suppliers का संचालक अजय सिंहले आफ्नो घरको भुई तल्लामा भन्सार छलि गरि अवैधरुपले ल्याई भण्डारण गरि स्टोक राखिको
विशेष सूचनाको आधारमा कानूनी रीतपुर्याई खानतलासी गर्दा कम्प्युटर , ल्यापटप र ईलेक्ट्रोनिक्स सामानहरु पक्राउ गरेको पर्सा प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक कोमल शाहले बताउनुभयो।
पक्राउ परेको कम्प्युटर ,ल्यापटप तथा ईलेक्ट्रोनिक्स सामानहरुDell Mini CPU Complete-७० थान, Dell Mini CPU Without System-३२ थान,Dell CPU Box without system-४१ थान, Dell CPU Box Complete-६० थान,Dell Complete CPU Set-७६ थान, ६. Geonix hard disk-८८ थान,७. Dell Monitor-४२ थान, Mouse-५५० पिस, Monitor wire-३१२ पिस, CCTV Wire-१८,००० मिटर, Mother Board-२५ पिस, Graphic Card-११ पिस,Cooling Fan-१९ पिस, Laptop charger-१३१ पिस, Cat6 Cable-१ रोल, ड्रिल मेसिन-१ थान,Computer Battery-२०० पिस, १८. Dell core I5 Laptop-८ थान,बिग्रेको ल्यापटप- १ थान करिब५१ लाख २६ हजार ७ सय रुपैयाँ बराबरको अवैधरुपले भन्सार छलि गरि ल्याएकोले प्रज्ञापन तथा बिल बिजक नरहेकोले राजस्व अनुसन्धान कार्यालय पथलैया बुझाएको प्रहरी उपरीक्षक शाहले जानकारी दिनुभयो।