वीरगञ्ज १०आईतबार
पर्साको सिमानाका हुने तस्करीमा सिमानाकाको मुख्य जिम्मेवारी पाएका सशस्त्र प्रहरीले तस्करीको लाईन दिएको खुलेको छ।
पर्सामा वीगतको दिन देखी बन्द रहेको तस्करी सशस्त्र प्रहरी बल १३ नम्बर गणको संरक्षणमा विभिन्न सिमानाकाहरुबाट व्यापक रुपमा तस्करी फष्टयाएको हो।
पर्साको बारवा , झौवा र अमरपर्टी नाकाबाट व्यापक रुपमा तस्करी हुदै आएको स्थानियहरुले बताएका छन।
सिमानाकामा बाट हुने तस्करी लत्ताकपडा,हाडयेवर, कबाड, काजु, हड्डीको धुलो, कास्मेटीक सामानहरु, चिनी, प्याज, राजनिगन्धा, पान पराग लगाएतको सामानहरुको ठुलो मात्रा तस्करी भईरहेको छ।
सशस्त्र प्रहरी बल १३ नम्बर गणका प्रमुख एवम सशस्त्र प्रहरी उपरीक्षक किसन कर्मचार्याले तस्करी बन्द रहेको दाबी गरेपनि कर्मचार्याको संरक्षणमा व्यापक रुपमा पर्साको विभिन्न नाकाहरु बाट तस्करी फस्टाएको छ।
सशस्त्र प्रहरी बल १३ नम्बर गणका प्रमुख एवम प्रहरी उपरीक्षक कर्माचार्यले गुल्मका प्रमुख डिएसपीहरुबाट लाखौं रुपैयाको महिनवारी लिने गरेका छन भन्ने बिओपीका प्रमुख निरीक्षकहरु बाट ५० हजार रुपैयाको दरले महिनवारी बुझ्ने गरेको नाम नछाप्रने सर्तमा एक बिओपी पतिले बताएका छन।
पर्साको बार्वा , अमरपर्टी र झौवा नाकाबाट ट्याक्टर मा कबाड र तिवारी भन्नेको काजु, टुना धान ,रुपेश गुप्ता रजनि गंधा र तारकेशवर, बिनय ,संदीप प्याज, गुप्त नामभएको व्यापारीको ५ वटा मोटरसाइकल प्रयोग गरि लत्ताकपडा कपडाको तस्करी सशस्त्र प्रहरी बल बिओपीका प्रमुख एवम सशस्त्र प्रहरी निरीक्षक धर्मराज पंडीत मार्फत लाखौं रुपैयाको महिनवारी बुझी तस्करी गराउन छुट दिएको नाम न छाप्रने सर्तमा एक व्यापारीले बताएका छन।सशस्त्र प्रहरी बल १३ नम्बर गणक प्रमुख कर्माचार्यले आएको दिन देखि नै तस्करी बन्द रहेको नाटक गर्दे आएपनि अहिले अमरपर्टी बिओपीका निरीक्षक पंडित मार्फत तस्कर हरु संग तस्करीको रकम बुझी तस्करी गर्ने ठुलो मात्रामा तस्करीहरुलाई छुट दिएको स्थानीयहरुले बताएका छन।साभार – रिपोर्ट नेपाल