वीरगन्ज १३ मङ्सिर
सशस्त्र प्रहरीले श्रोत नखुलेको १० लाख नेपाली रुपैयाँ सहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ।सशस्त्र प्रहरी बल १३ नम्बर गण र सिमा सुरक्षा गुल्म वीरगन्जले स्रोत नखुलेको १० लाख रुपैया सहित भारतिय नागरिकलाई पक्राउ गरेको हो।सशस्त्र प्रहरी बल १३ गणबाट विशेष सूचनाको आधारमा वीरगन्जको भन्सार नजिक खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको BR05AR 8101 नं.को मोटर साइकललाई रोकी चेकजाँच गर्दा मोटरसाइकलमा सवार रहेको भारतीय नागरिकबाट स्रोत नखुलेको १० लाख रुपैया सहित पक्राउ गरेको सशस्त्र प्रहरी बल १३ नम्बर गणका प्रमुख एवम सशस्त्र प्रहरी उपरीक्षक किसन कर्माचार्यले जानकारी दिनुभयो।सशस्त्र प्रहरीले १० लाख रुपैया सहित भारत बिहार अहिरवाटोलाका उमेश यादवलाई पक्राउ गरि आवशयक कार्यबाहीको लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी उपरीक्षक कर्माचार्यले बताए।