जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका-१७ बेलौनीस्थित धान खेतमा बिहीबार नवजात शिशु बेवारिसे अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । स्थानीयले खेतमा नवजात शिशुलाई देखेपछि प्रहरीमा खबर गरेका थिए । प्रहरी चौकी कपेलेश्वरबाट खटिएको प्रहरी टोलीले जीवित नवजात शिशु बेवारिसे अवस्थामा फेला पारी उद्धार गरेको हो ।
शिशुको शरीरमा कुनैपनि बाहिरी चोटपटक नदेखिएको र आवश्यक स्वास्थ्य चेकजाँचका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको कपलेश्वर प्रहरी चौकीका इन्चार्ज एवं प्रहरी नायव निरीक्षक मोहित यादवले जानकारी दिए ।यसबारे प्रहरीले अनुसन्धान थालेको छ । शिशुलाई चौरमा फाल्ने महिलाको खोजी कार्य भइरहेको छ ।
प्रकशित मिति : 2023-11-30
सम्बन्धित