2024-12-27

Close

बारा २२ मङ्सिर बारा

जिल्लाको बिभिन्न नाकाबाट ब्यापक रुपमा तस्करी शुरु भएको छ । पर्सा जिल्लाका नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुखहरुले तस्करीमा कडाई गरेपछी तस्करहरुले छिमेकी जिल्ला बाराबाट ब्यापक रुपमा तस्करी शुरु गरेका हुन । बारा जिल्लामा रहेको नेपाल प्रहरी र सशस्त्र प्रहरीको मिलोमतोमा दैनिक पचास लाख रुपैया भन्दा बढी अबैध सामानहरु भन्सार छलेर तस्करहरुले वारा नाकाहरुबाट नेपाल भित्रयाउने गरेकाछन ।बारा जिल्लाको नेपाल भारतको सिमामा पर्ने विभिन्न नाका छतवा नाका, मटिअर्वा, आमवा, सिम्रौनगढ, पिपरपाती,पथालवा घाट, बेल्दारी नाका, कचोर्वा , कवहीगोठ, गोलागंज लगायतका नाकाहरुबाट अवैध रुपमा लत्ता कपडा, सुर्ती, रजनीगंधा, पानपराग, रांगा भैसी, काजु र धानको , कुखुराको चल्ला, जुत्ता चप्पल लगायतका सामानहरु तस्करहरुले भारतबाट भन्सार छलेर नेपाल भित्रयाई रहेकाछन भने लगायतका सामानहरु बारा प्रहरी र सशस्त्र प्रहरीको मिलोमतोमा तस्करी हुने गरेको स्थानियहरुले बताएकाछन ।जिल्ला प्रहरी कार्यालय बाराले शान्ति सुरक्षा र अपराधिक गतिविधि नियन्त्रण गर्नेको लागि खटाएको क्राईम टोली र क्युआर टोलीको संरक्षणमा व्यापक रुपमा तस्करी फष्टयाएको हो।जिल्ला प्रहरी कार्यालय बाराको नाऊमा प्रहरी सहायक निरीक्षक हुसैन अंसारीले व्यापारीहरु शीत मोटो रकमको नजराना बुझि तस्करीको लाईन दिएको नाम नछाप्रने सर्तमा एक व्यापारीले बताए।यश बिषयमा असई हुसैन संग  सम्पर्क गर्दा आफु घुमुुवा नरहेको र नियमितरुपले मोबाईल सिक्स  टोलीमा डियुटी गर्द आएको बताए।जिल्ला प्रहरी कार्यालय बाराको प्रमुख एवम प्रहरी उपरीक्षक सुरेश काफ्लेले तस्करी मा कडाई गर्ने निर्देशन दिए पनि उनको निर्देशन विपरीत असई हुसेनले तस्करहरु उनको नाऊमा समेत मोटो रकमको नजराना बुझि तस्करीको लाईन खुल्ल गराएको स्रोतले जनाएका छन।असई अंसारी जिल्ला प्रहरी कार्यालय बारामा नाऊको लागि मोबाईलसिक्स अथवा मोटरसाइकल गस्ती कमाण्डर भएपनि जिल्लाको आर्थिक कमान्डर बनेर व्यापारीहरु संग लाखौं रुपैया असुल्दै आएको नाम नछाप्रने सर्तमा एक एक तस्करले बताएका छन भन्ने हुसेन २५ बर्ष देखि बारा र पर्समा घुमुवा बस्दै  आएका हुन्।बारामा ब्यापक ठूलो मात्रामा तस्करी शुरु भएकै कारण बीरगंज भंसार कार्यालयको राजश्व संकलन लक्ष्य पुरा हुन नसकेको बीरगंज भन्सार कार्यालयका कर्मचारीहरुले दावी गरेकाछन ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर