2025-01-21

Close

जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव कुमार अधिकारी निलम्बनमा परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको शहिदनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव कुमार अधिकारीविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेसँगै उनी निलम्बनमा परेका हुन् ।

भ्रष्टाचार गरेको अभियोगमा आइतबार आयोगले उनीमाथि मुद्दा दायर गरेको हो । धनुषाकै हंसपुर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारमा रहँदा कार्यपालिकाको माइन्युट सच्याई किर्ते गरेको अभियोगसहित अधिकारीमाथि मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

तत्कालीन प्रशासकीय अधिकृत अधिकारीले हंसपुर नगरकार्यपालिकाको बैठकको निर्णयमा नभएको कुरा देखाई सरकारी कागज सच्याउने कार्य गरेको र सोही सच्याइएको कागजलाई सक्कल हो भनी प्रमाणित गरी गलत लिखत तयार गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र दफा ११ बमोजिमको कसुर गरेको अभियाेगमा उनलाई सोही ऐन बमोजिम कैद र जरिवाना हुन माग दाबी गरिएको हो ।

त्यस्तै आयोगले हंसपुरकै वडा नम्बर-१ का तत्कालीन अध्यक्ष कामेश्वर कापर, ठेकेदार मदनकुमार झा र नवीनकुमार चौधरीविरुद्ध पनि भ्रष्टाचार अभियोगमा मुद्दा दायर गरेको छ।

हंसपुर-१ का तत्कालीन अध्यक्ष कापरले वडा-१ स्थित कित्ता नं ३३० को सार्वजनिक पोखरी ठेक्काबापत आफूले बुझी लिएको दोस्रो वर्षको किस्ता पाँच लाख ५५ हजार राजस्व रकम राजस्वमा दाखिला गर्नुपर्नेमा दाखिला नगरेर हंसपुरलाई हानी नोक्सानी र हिनामिना गरेको अख्तियारले जनाएको छ।

त्यसै कारण कापरलाई पाँच लाख ५५ हजार रुपैयाँ बिगो दाबी कायम गरेर कैद सजाय गरी बिगोअनुसार जरिवाना गर्न र हानि नोक्सानी भएको बिगो कापरबाटै असुल उपर गर्न भनिएको छ।

साथै नियमित किस्ता हंसपुर नगरमा दाखिला नगरेको अवस्थामा समेत निरन्तर किस्ता दिएको भन्दै कापरले वडा नम्बर-१ को लेटर प्याडको दुरुपयोग गरी नियमित किस्ता दाखिला गरी गलत लिखत तयार गरेको कसुर पुष्टि भएको भन्दै त्यसै अनुसारको सजायसमेत माग गरिएको छ।

उक्त मुद्दामै ठेकेदार मदन कुमार झा र नवीनकुमार चौधरीले कित्ता नं ३३० को सार्वजनिक पोखरी ठेक्काबापत दोस्रो वर्षको किस्ता पाँच लाख ५५ हजार राजस्व रकम दाखिला गर्नुपर्नेमा नगरेर हंसपुर नगरपालिकालाई हानि नोक्सानी गरेको भन्दै दुवै जनालाई पाँच लाख ५५ हजार कायम गरेर सजाय गरी बिगो समेत जफत गर्न माग दाबी गरिएको हो ।

वडा नम्बर-१ भगवानपट्टीमा रहेको कित्ता नम्बर ३३० को सार्वजनिक पोखरीलाई वडा अध्यक्षले ठेक्का लगाउँदा भ्रष्टाचार गरेको भन्ने उजुरी परेपछि आयोगले अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- apanjanakpurnews@gmail.com,
yadavbipin356@gmail.com
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर