बिपिन यादव
बिपिन यादव जनकपुरधाम । धनुषामा ट्राफिक प्रहरीले जनकपुरधाममा चेकजाँचमा कडाई गरेका छन् । जनकपुरधाममा करिब २ महिना देखि निरन्तर ट्राफिक चेकिङ्गमा कडाई गरीएका छन् । ट्राफिक प्रहरी पोस्ट मुजेलियाबाट प्रहरी सहायक निरीक्षक असई जितेन्द्र कुमार साहको कमान्डमा निरन्तर २ महिना देखि चेकिङ्गमा कडाई गरेका छन ।
उक्त ट्राफिक पोस्टले जनकपुरधामको ऐरिया भित्र शहिद गेट मुजेलियास्थित र पिरारी चोकस्थित निरन्तर ट्राफिक चेकिङ्ग हुने गरेको छ । ट्राफिक चेकिङ्गमा मोटरसाईकल चालक सबैभन्दा कार्बाहीमा पर्ने गरेका छन् । सबारी चालक अनुमती पत्र नभएको र मोटरसाईकलमा ३ जना सबार भएर यात्रा गर्ने र बिना हेल्मेटको सवारी चलाउने गरेका चालकहरुले कार्बाहीमा पर्ने गरेका छन ।
दैनिक रूपमा करिब ५ देखि १० हजार बराबरको जरिवाना काटिने गरेको प्रहरी सहायक निरीक्षक असई जितेन्द्र कुमार साहले जानकारी दिए । ट्राफिक चेकिङ्गमा निरंतरता दिदा जनकपुरधाममा सडक दुर्घटनामा कमि आएको उनले दाबी गरेका छन् ।