अप्पन जनकपुर
किशोर मण्डल जनकपुरधाम । धनुषाको सबैला नगरपालिका ८ ठिल्ला स्थित राष्ट्रिय आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई झोला वितरण गरिएको छ । Lily Leaves Social Enterprises ललितपुरका संस्था र सबैला नगरपालिकाका बहुक्षेत्रीय पोषण शाखाको सहजकर्ता मो. सेराजुल आलमको सहयोग तथा वडा अध्यक्ष सेराजुल राईनको समन्वयमा विद्यार्थीहरुलाई झोला वितरण गरिएको हो । पठनपाठनमा टेवा पुग्ने उद्देश्यले झोला वितरण गरिएको संस्थाका सीईओ लिली कटुवालले जानकारी दिए ।‘गरिब, दलित तथा जेहेन्दार विद्यार्थीहरुलाई हातमै किताब बोकेर विद्यालय आउनुपर्ने बाध्यता थियो । त्यो बाध्यता यस विद्यालयका विद्यार्थीहरुलाई टरेको छ । अब यी बालबालिकाको पठनपाठन सहज हुने विश्वास छ,’झोला वितरण गर्दै संस्थाका सीईओ कटुवाललेले भने ।
आधारभूत विद्यालय ठिल्लामा अध्ययनरत छात्र/छात्रालाई २ सय २५,मदरसा दारुल होदा, मदरसा नजबुल होदा, मदरसा समसुल होदा, मदरसा मखनाहा लगायत शैक्षिक संस्थाहरुमा जम्मा ६५० बालबालिकालाई झोला वितरण गरिएको युवा अभियन्ता कयुम राईनले जानकारी दिए । हातमा कपिकिताब बोकेर आएका विद्यार्थीहरु झोलामा राखेर घर फर्किएपछि आफूलाई खुशीको अनुभूती भएको उनले उल्लेख गरे । झोला पाएपछि विद्यार्थीहरु पठनपाठन तर्फ थप आकर्षित हुने विद्यालयका प्रधानाध्यापक दिनेश कुमार रायको विश्वास छ । झोला वितरण गर्ने कार्यमा सहयोग तथा समन्वय गर्ने संघसंस्थाप्रति उनले आभार प्रकट गरे । आगामी दिनहरुमा पनि यस्तै किसिमको सहयोग प्राप्त भइरहोस भन्ने अपेक्षा व्यक्त गरे । हाल सामुदायिक बिद्यालयहरु प्रति घट्दै गएको अभिभावकहरुको रुचि लाई पनि यस किसिमको सहयोगबाट बिद्यार्थीहरु लाभान्वित हुदा अभिभावक वर्गको पनि सामुदायिक बिद्यालय प्रति आकर्षण बढ्ने विश्वास व्यक्त गर्नुभयो । झोला वितरण गर्ने कार्यक्रमको अध्यक्षता सबैला नगरपालिकाका कार्यपालिका सदस्य सकिला खातुनले गरेका थिए भने प्रमुख अतिथि उपप्रमुख रहिमा खातुन रहेको थियो । सो कार्यक्रममा नेपाली काँग्रेसका धनुषा जिल्ला सह सचिब साकिर राइन लगायतका अभिभावकहरुको समेत उपस्थिती रहेको थियो ।