अप्पन जनकपुर
जनकपुरधाम । धनुषाको कमला नगरपालिकाको वडा न. ९ का २२ बर्षका वडा अध्यक्ष रणबिर सिंह मण्डलले प्लान्टस्याट को सहयोग बाट आफ्नै वडा को १५८ किसानहरुले खेतमा लगाएको गहुँको बीमा गराईदिएका छन्।
प्लान्टस्याट त्रिपल. जि.आइ को सहयोग बाट कार्यक्रम गाउँ मै गएर, किसान हरुको घरमै गएर यो सुबिधा उपलब्ध गराएको हो ।
यसरी भएको बीमाले किसानहरुको बालीमा हुने कुनै किसिमको नोक्सानी भएमा राहत प्रदान गर्नेछ। पहिलो चरणमा ४० हेक्टर गहुँ बलिको बीमा भएको छ। अहिलेको धेरै ठुलो समस्यामा मानिएको जंगली जनावर बाट भैरहेको हानि बाट भएको नोक्सानीको पनि बीमा बाट राहत लिन सकिने युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले जनाएको छ ।
उक्त कार्यक्रम अब कमला नगरपालिकाको विभिन्न वडाहरुमा पनि बिस्तारै लागु हुने र यो बीमा गराउदा वडा न.९ का किसानहरुले यस बापत कुनै पनि शु:ल्क नलाग्ने सिड इनोभेसन्स प्रा.लि का प्रोग्राम कोर्डिनेटर गोपाल झाले जानकारी दिएका छन ।