2024-12-27

Close

कलैया, बारा।सिमानाकामा भैइ रहेको अबैध तस्करीका कारण लक्ष्य भन्दा कम राजस्व संकलन भएको हुनाले देशको आर्थिक स्थिति कंगाल भएको छ। यता बाराको पचरौता नपा वडा न.४ स्थित रहेको प्रहरी चौकी बेल्दारीका प्रहरी सहायक निरीक्षक रामनरेश यादव मालामाल भएका छन्। प्रहरी चौकी बेल्दारी अन्तरगत पर्ने गुलरिया बोर्डरमा तीन वटा अबैध मदिरा भट्टी, नौ वटा मदिरा पसल तथा भारत बाट धान, आलु एवं युरिया मल तस्करी हुने गर्छ। उक्त अबैध कारोबार बाट असइ यादवले दर रेट कायम गरि प्रत्येक मदिरा भट्टी बाट ७ हजार, प्रती मदिरा पसल बाट ९ हजार, प्रती ट्रेक्टर धान बाट २ हजार, प्रती ट्रेक्टर आलु बाट एक हजार र प्रति बोरा युरिया मलबाट १५ रुपैयाँ गरी घुमुवा प्रहरी हवलदार संजय हजरा मार्फत अशुली गर्ने गरेको नाम नखोल्ने सर्तमा एक जना तस्करले बताएका छन्।

वितेको माघ २५ गते विहिवारका दिन भारतीय धान तस्कर राजकुमार यादवले गुलरिया बोर्डरमा ना७ प ४२७७ नम्बरको ट्रेक्टरमा धान लोड गरिरहेको अवस्थामा इप्रका सिम्रौनगढका प्रहरी निरीक्षक नवीन राईको कमान्डमा खटेको टोलीले रंगे हात धान समाते पनि बेल्दारी वडा न.५ कर्मावा टोलमा पुग्दा प्रहरी सहायक निरीक्षक यादवले तस्करहरुको समूह लाई उचाली समातेको ट्रेक्टर छुटाएका थिए। यादवले आफू एसपीको नजिकको मान्छे रहेको हुनाले कसैले केही गर्न नस्क्ने तस्करहरु लाई विश्वास दिलाउने गरेका छन्। अत: यस्ता भ्रष्ट प्रहरी इन्चार्ज लाई समयमै कार्यवाही नगरे प्रहरी माथी प्रश्न खडा हुनुको साथै इमान्दार प्रहरीहरुको अस्तित्व समाप्त हुने देखिएको हो।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर