सिरहा । अति विपन्न तथा गरिब परिवारको छोरीको विहेमा आर्थिक समस्या हुने गरेको कारण खाडी मुलुक दोहा कतार बस्ने एक युवाले सहयोग गरेका छन ।
सिरहा नगरपालिका वडा न.११ भलुवाहीका कारिरामको आर्थिक अवस्था कम्जोर भएकाले एक जना मनकारी युवा अर्जि कामलेले छोरीको बिहेका लागि नगद ६ हजार प्रदान गरि सहयोग गरेका छन ।
सिरहा नपा-११ भलुवाहीका रामकुमार महरा (मगरु) को पनि आर्थिक स्थित कम्जोर रहेको अवस्थामा ९ हजार नगद र यस्तै सोही वडाका मो. मोहन्दा मोहमदको नाला निर्माणको क्रममा घर भत्केपछि थोरै जग्गा बाकी रहेकोले उनलाई घर निर्माणमा ठेवा पुग्ने उदेश्यले पाँच हजार सहयोग प्रदान गरेको हो ।
‘मानवसेवा नै बास्तबिक धर्म हो’ भन्ने उदेश्यका साथ निश्वार्थ रुपमा कामकाज गर्दै आईरहेको सिरहा नगरपालिका-११ का अर्जि कामति खाडी मुलुकमा पसिनाको कमाइले समाजमा रहेको अति बिपन्न, असहाय, दलित, लगायत व्यक्तिहरुलाई व्यक्तिगत आर्थिक सहयोग गर्दै आईरहेको युवा सुनिल कामतिले जानकारी दिएका छन ।
आगामी दिनमा पनि यस्ता सहयोग जारीरहने कामतिले बताएका छन ।