2024-12-26

Close

वीरगन्ज , १४ फागुन । पर्सामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको मिलोमतोमा ठुलो मात्रामा प्याजको तस्करी भैरहेको छ। पर्सा जिल्लाको बिरगंज लगायत ग्रामिण क्षेत्रमा ठुलो मात्रामा प्याजको तस्करी भैरहेको हो ।भर्खरै पर्सा जिल्लामा प्रहरी प्रमुखको जिम्मेवारी पाएर नयाँ आएका प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले तस्करीमा कडाई गरेपछि केही मात्रामा तस्करी नियन्त्रण भएपनी प्याजको भने ठुलो मात्रामा तस्करी भैरहेको पाईएको छ ।

सशस्त्र प्रहरी वल १३ नम्बर गण पर्साका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक किशन कर्माचार्य र पर्सा प्रहरी प्रमुख कुमोद ढुङ्गेलले तस्करी नियन्त्रण गर्न आफनो मातहतका युनिटहरुलाई ठाडो निर्देशन दिएपनी त्यसलाई अटेर गर्दै ग्रामिण क्षेत्रमा रहेको प्रहरी चौकीमा रहेका प्रहरीहरुले तस्कर गिरोह सँग मिलेर प्याजको तस्करीको लाईन दिएको आईतवार बिरगंजबाट एउटा पिकप सहित तस्करीको प्याज पर्सा प्रहरीले नियन्त्रणमा लिएपछि रहस्य खुलेको हो ।पर्सा प्रहरीले तस्करीको प्याज सहितको पिकअप आफनो नियन्त्रणमा लिएको छ ।वीरगञ्ज महानगरपालिका– ५ कुम्हाल टोलस्थित सडकखण्डमा भारतबाट भन्सार छलेर नेपालतर्फ भित्र्याइएका ६० बोरा २८८० किलो प्याजसहित प्रदेश २–०३–००१ च ३३०४ नम्बरको पिकअप नियन्त्रणमा लिएको हो ।प्याज पिकअप गाडीमा लोड गरी वीरगञ्जबाट अन्यत्र स्थानमा लैजाँदै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाएको छ । उक्त पिकअपसहित २८८० किलो प्याज १६ लाख १५ हजार २०० रुपैयाँ मूल्य बराबरको रहेको प्रहरीले जनाएको छ ।नियन्त्रणमा लिएको प्याज र पिकअप थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापाले जानकारी दिए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर