जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय सदस्य संजय कुमार चौधरीले पार्टी पदबाट राजीनामा दिएका छन् । पार्टी तथा नेतृत्वसँग असन्तुष्टि पोख्दै केन्द्रीय सदस्य चौधरीले पदबाट राजीनामा दिएका हुन् ।
लोसपा नातावाद, कृपावाद र प्रेस विज्ञप्ति र अवसरवादीहरुको भुमरीमा फसेकोले राष्ट्रलाई निकास दिने बहुल राष्ट्र राज्यको गन्तव्यमा पुग्न असंभव रहेको जिकिर गर्दै अबको आवश्यकता राष्ट्रिय मुक्तिको लागि क्रान्ती गर्ने आफ्नो लक्ष्य पुरागर्ने अभियानमा आफू लागि पर्ने बारे फेस्बुकमा प्रेस बिज्ञप्ती मार्फत जनाएका छन ।
प्रेस बिज्ञप्ति
आदरणीय न्यायप्रेमी जनसमुदाय,
हस्तिनापुरको राज्य सभामा जब द्रोपतिको चिरहरण भयो तब कर्ण विवश थिए, भीष्म वचनका कारण मजवुर थिए, कृपाचार्य, द्रोणाचार्य राज धर्मको भुमरीमा घेरिएका थिए जसकारण हस्तिनापुरका अंश र वंश नाश भए । म संजय कुमार चौधरी राष्ट्रिय मुक्ति क्रान्ति मार्फत बहुलराष्ट्रिय राज्यको स्थापनाकोलागि असफल, अक्रमन्य नातावादी, कृपावादी, भविस्यविहिन, अदुरदर्शी, अवसरवादी र विवेकहीन नेतृत्वलाई परित्याग गरि आाजकै दिन देखि केन्द्रीय समितिबाट साधारण सदस्य समेत नरहने गरि लोकतान्त्रिक समाजवादी पार्टी नेपाल परित्याग गरेको सम्पूर्णमा जानकारी गराउदछु । जय मधेश । जय स्वदेशवाद ।
संजय कुमार चौधरी,
जनकपुरधाम १६, धनुषा (मधेश प्रदेश)