बीरगंज । राजस्व अनुसन्धान बिभागका महानिर्देशक नवराज ढुंगाना “एनीहाउ माल कमाउ” धन्धामा लागेका तथ्यहरु एक पछि अर्को गरि सार्वजनीक भइरहेका छन ।गठबन्ध सरकार परिर्वतनको हल्ला जति बढी बढ्दै छ ढुङगानाको पैसा असुली कर्मले त्यतीनै तिब्रता पाउदै गएको छ ।ढुङगानाको राजस्वमारा नीतिका कारण राजस्व असुलीमा सरकारी लक्ष्य फेल हुदै गएको छ। राजस्वको सट्टा गोजस्व भर्ने अभियानमा लागेका ढुङ्गानालाई प्रधामंत्रीको सचिवालयबाट पुरापुर आर्शिवाद प्राप्त छ ।केही दिन अगाडि मात्रै काठमाण्डौको मखन स्थित एउटा कस्मेटिक पसलमा छापामारी गरेको थियो । कस्मेटीक सामान आयात गर्ने एक जना मारवाडी समुदायका ब्यापारीले पेश गरेको कागजपत्रमा जम्मा ९० हजार रुपैयाको फरक देखिएको बिभाग स्रोतले जानकारी दिए ।जम्मा ९० हजार रुपैया बिलमा फरक देखिएपछि ढुङ्गानाले ति ब्यपारीसंग १८ लाख रुपैया अनधिकृत रुपमा माँग गरेका थिए ।गएको असोज महिनामा मात्रै बिभागले लोटस भेट इन्टरनेशनल ट्रेड लिङ्क प्रा. लि. त्रिपुरेश्वरमा छापा मारेको थियो ।पुल्चोक कार्यालयले छापामारी गरेको भएपनि ढुङगानाले हस्तेक्षप गरि बिना कारवाही लोटस भेटलाई उन्मुक्ति दिएका थिए । ढुङ्गानाले प्रधानमंत्री प्रचण्ड पुत्री गंगा दाहाललाई ६० लाख रुपैयामा एउटा चार चक्के गाडी खरिद गरि उपहार दिएका छन ।त्यो गाही अहिले पूर्वतिर श्रीमान जीवन घिमिरेले चढ्ने गरेको स्रोतले जनाएको छ । ढुङगनाको यही ब्यवस्थापकीय क्षमताका कारण प्रचण्ड प्रधानमंत्री भएको यो अवधिमा बीरगंज भंसारको प्रमुख प्रशासक, प्रधानमंत्रीको स्वकीय सचिव र अहिले राजस्व बिभागको महानिर्देशक भएर तरमारी रहेका छन ।बीरगंजको भंसार प्रमुख भईसकेका ढुङगानाको बिशेष नजर पनि राजस्व अनुसन्धानको पथलैया कार्यालयमा छ । बीरगंज भएर जाने मालवाहक गाडीहरुको बिषयमा राजस्व अनुसन्धान बिभाग पथलैयाका कर्मचारी तिर्थ पासवानले सूचना दिन गरेको स्रोतले जनायो ।त्यही सूचनाको आधारमा पथलैया पछि पनि बिभन्न ठाउमा गाडीहरु रोकेर अनावश्यक दुःख दिने र आर्थिक नजराना लिने प्रवृति बढेको छ ।लामो समय बिभागमा नटिकिने चाल पाएका ढुङ्गानाले ब्यवसायीलाई हतोत्साही हुनेगरि दुःख दिदै आएका छन । ढुङ्गाले बिलबिजक माग्ने , त्यो ठिक देखे पछि वार्षिक कारोवारको बिववरण माग्ने त्यो पनि ठिक भएपछि तीन वर्षको माग्ने त्यो पनि ठिक भएपछि पाँच वर्षको कारोवारको बिवरण समेत मागेर ब्यवसायीलाई हैरान पार्दै आएको नाम नछाप्ने शर्तमा उक ब्यवसायीले इसीमाना.कमलाई बताए ।साभार ईसिमाना.कम