काठमाडौं । नेकपा एमाले संसदीय दलको प्रमुख सचेतकमा महेश बर्तौला र सचेतकमा सुनिता बराल चयन भएका छन् । सो दलका अध्यक्ष एवं संसदीय दलका नेता केपी ओलीले उनीहरूलाई आज उक्त जिम्मेवारी दिएका हुन् ।
यसअघि प्रमुख सचेतक रहेका पदम गिरी सोमबार नवगठित मन्त्रिपरिषदमा सदस्य भएपछि सचेतक बर्तौलाले नयाँ जिम्मेवारी पाएका हुन् । सांसदद्वय बर्तौला र बराल दुवै विद्यार्थी राजनीतिबाट स्थापित नेता हुन् ।