2024-11-24

Close

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता विराजभक्त श्रेष्ठले युवा तथा खेलकुद मन्त्रालयको पदभार ग्रहण गरेका छन् ।

पदभार ग्रहण गर्दै मन्त्री श्रेष्ठले प्रतियोगितालाई स्थायी बनाउन क्यालेन्डर बनाई कार्यान्वयन गर्न राष्ट्रिय खेलकुद परिषद्लाई निर्देशन दिने पहिलो निर्णय गरेका छन् ।

‘खेलाडीहरुलाई खेलमैदानसँग जोडिरहन, मनोबल बढाउन र खेलमार्फत राष्ट्रको गरिमा उच्च राख्न, राष्ट्रिय स्तरमा हुने प्रतियोगितालाई स्थायी बनाउन तालिमसहितका क्यालेन्डर बनाइ समन्वयात्मक रुपमा कार्यान्वयन गर्न खेलकुद विकास ऐन २०७७ को दफा ५१ बमोजिम राष्ट्रिय खेलकुद परिषद्लाई निर्देशन दिने निर्णय भएको छ’, निर्णयमा भनिएको छ ।

मन्त्री श्रेष्ठले खेलकुदमा खेलाडी बाहेकका मान्छेले खेल्न नमिल्ने बनाउने बताए ।

‘खेलकुदमा खेलाडीले खेल्ने छोडे, बाहिरका मान्छेले खेल्न थालेका छन्, त्यहाँ चाहिँ खेलाडीबाहेकका अन्य मान्छेले नमिल्ने बनाउनुछ’, उनले भने ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर