2025-01-15

Close

वीरगन्ज २ चैत्त

चाडपर्वको बेलामा मधेश प्रदेशको ८ वटा जिल्लाका नाकाहरुबाट व्यापक रुपमा तस्करी प्रहरी प्रशासनको मिलोमतोमा फष्टयाएको छ।

मधेस प्रदेशको ८ वटा जिल्लाको सिमानाकाहरुबाट निर्वाधरुपले ठुलो मात्रामा प्रहरी प्रसाशनको मिलोमतोमा तस्करी भइरहेको हुनाले ८ जिल्लाका नाकामा रहेका भन्सार कार्यालयहरुमा आफ्नो लक्ष्य अनुरुपको राज्शव संकलन गर्न सकेको छैन्।

बारा पर्साका ठूला ठूला ब्यापारी कम तस्करहरुलाई वीरगन्ज भन्सारका प्रमुख भन्सार अधिकृत डिला राम पन्थीले ज्वाइँ सरह सुबिधा प्रदान गरी एउटै प्रज्ञापन पत्रबाट ३/४ खेप सामान ल्याउने अवसर प्रदान गरेकोले बारा पर्साका अधिकांश ग्रामिण नाकाहरुबाट रक्सी र स्याउको निकासी भारत तर्फ भई रहेको छ ।

मधेस प्रदेशका डीआइजी यज्ञ बिनोद पोखरेलको असुलीले सीमा नाघेको छ । अवकाश हुनुमा  ६ महिन बाकी रहेकोले डीआइजी पोखरेलले मधेस प्रदेशका ८ वटै जिल्लामा घुमुवा परिचालन गरी तस्करीको लाईन दिएक बापत रकम असुली गरेको आरोप छ ।

मधेस प्रदेशका डिआईजी पोखरेलको घुमुवाहरुले पर्सा , बारा, रौतहट, सर्लाही , महोतरी, धनुषा ,सिरहा र सप्तरीका व्यापारी हरु संग रकम असुल्न असई सहित ८जनाको टोलीलाई परिचालन गरि  तस्करीको लाईन दिए बापत रकम असुल्न उनको घुमुवाहरुलाई भ्याईनभ्यााईको हो।

डिआईजी पोखरेलले  प्रदेश नम्बर २मा  सप्तरी, महोतरी, सिरहा, जनकपुरको मटिहानी ,जहटी मटियानी ,सर्लाहीको मलंगवा, रौतहटको गौर ,रौतहटको बंकुल, सर्मुजवा, रामपुर खाप, लक्षमणपुर बेलबिछवा ,सर्लाहीको नारायण पुर, संग्राम पुर, त्रिभुवन नगर र खुटौना, महोत्तरी जिल्लाको मटिहानी, मारुवाहि र सम्सी नाकाबाट ठुलो मात्रामा संचालन रहेको छ ।यसै गरी सिरहा जिल्लाको माडर,ठाडी, बरियार पर्टी , चतरी  र झाँझपर्टी नाका र सप्तरीको छिनमस्ता नर्घो , बेल्ही , पातो , बोदे वर्षाईन र स्वर्णपर्टी नाकाबाट तस्करी भारी मात्रामा भईरहेको छ।

त्यसैगरि बाराको  बलिरामपुर प्याज र मदिरा , कल्याणपुर बाट धान मटिअार्वाबाट लत्ताकपडा कबाड, चामल तस्करी  सिमरौनगढ, गोलागंज ,क्वोहिगोठ लगाएतको नाकाबाट ठुलो मात्रामा तस्करीको लाईन नै सुचारु भएको हो।

भारतबाट खाद्यान्न, लत्ता कपडा, मोटर पार्ट्स, इलेक्ट्रोनिक्स आइटम, प्याज,पान मसाला, सुर्ती नेपाल तर्फ आई रहेको छ भने भारत तर्फ चिनियाँ स्याउ,रक्सी र लहसुन गई रहेको छ ।

डिआईजीका पर्सा जिल्लामा कार्यरत असई प्रमोद सिंह, प्रज राजकुमार गुरुङ, प्रहरी हवल्दार उपेन्द्र यादव सर्लाही, प्रबह सुरेन्द्र ठाकुर जनकपुर र प्रह शैलेश पटेल बारा जिल्लामा डीआईजी पोखरेलले असूलीको लागि खटाइएको बुझिएको छ। बारा जिल्लामा कार्यरत असई वीरेन्द्र यादब लाई पनि समन्वयकोे लागी परिचालन गरिएको छ।

मधेश प्रदेश भरि नै व्यापकरुपमा तस्करी बढेको कारणले सिमानाकाहरुमा रहेको भन्सारहरुको लक्ष्य अनुरुपको  राजस्व संकलन हुन नसकेको र सो राज्सव चुहावटमा वीरगन्ज भन्सारका प्रमुख भन्सार अधिकृत डिला राम पन्थीको संलग्नता देखिएको भन्सारका एक कर्मचारीले नाम नछाप्रने सर्तमा बताएका छन।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर