जनकपुरधाम । धनुषामा सशस्त्र प्रहरीले लाखौं रुपैयाँ बराबरको अवैध लत्ताकपडा बरामद गरेका छन् । शनिबार सशत्र प्रहरी बल ८ नं. गण तथा मातहतबाट खटिएको टोली धनुषाको विभिन्न स्थानबाट सात लाख बराबर लत्ताकपडा र स्याउलगायतका सामग्री बरामद गरेका छन् ।
भारतबाट भन्सार छली गरि लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा गण तथा मातहतका निकायबाट खटिएको सशस्त्र प्रहरीका टोलीले उक्त सामग्री बरामद गरिएको गणका एसपी दर्शन गिरीले जानकारी दिए ।
बरामद गरिएको कपडाको अन्दाजी मूल्य करिब ७ लाख रहेको प्रहरीले जनाएको छ । कपडासंगै प्रहरीले ओसार पसारमा प्रयोग भएको एउटा मोटरसाइकल समेत बरामद गरेको छ ।
बरामद गरिएको कपडा र मोटरसाइकललाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय जनकपुर पठाइएको प्रहरीले जनाएको छ ।