जनकपुरधाम । मधेश प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सरोज कुमार यादवले गृह, सञ्चार तथा कानुन मन्त्रालयमा पदबहाली गरेका छन् ।
मंगलबार जनकपुरधामस्थित प्रदेशको मुख्य प्रशासनिक केन्द्र मधेश भवनस्थित गृह, सञ्चार तथा कानुन मन्त्रालयमा पुगी उनले मन्त्री पदको कार्यभार सम्हालेका हुन् ।
मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिसमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मंगलबार नै भौतिक पूर्वाधार विकास मन्त्री सरोजलाई गृह, सञ्चार तथा कानुन र स्वास्थ्य तथा जनसँख्या मन्त्रालय समेतको मन्त्रीको जिम्मेवारी तोकेका थिए ।
सोमबार भौतिक पूर्वाधार पूर्वाधार विकास मन्त्री नियुक्त भएका नेकपा एमाले संसदीय दलका नेता सरोजले सो पद तथा गोपनीयताको शपथ हिजो नै गरिसकेका छन् ।