वीरगन्ज १५ चेत्र
प्रहरीले भन्सार छलि गरि भित्राएको लत्ताकपडा,भैसी सहित पिकप पक्राउ गरेको छ।प्रहरीले भारतबाट अवैधरुपले भन्सार छलि गरि ल्याएको लत्ताकपडा र दुईवटा दुधालो भैसी लोड रहेको पिकप नियन्त्रणमा लिएको हो।विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले वीरगन्ज ३ छपकैया स्थितबाट भन्सार छली चोरी तस्करी गरी भित्राइएको कुर्ता सुरवाल, कार्पेट र कुर्ता सुरवाल बनाउने थान कपडाहरू करिब ४ लाख ५१ हजार रुपैया बराबरको पक्राउ गरेको पर्सा प्रहरीका प्रबक्ता एवम प्रहरी नायब उपरीक्षक कुमार बिक्रम थापाले बताए।त्यसैगरि वीरगन्ज महानगरपालिका वडा नम्बर २१ परवानिपुर स्थितचोकबाट अवैध रुपले भन्सार छलि भित्राएको दुहुनो भेसी २ वटा ,१पाडा लोड रहेको पिकअप सहित साहुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।प्रहरीले विशेष सूचनाको आधारमा परवानिपुर स्थित चोकबाट भारतबाट अवैधरुपले भित्राई वीरगन्जबाट नवलपरासी तर्फ जाँदै गरेको भैसी सहित बहुदरमाई नगरपालिका वडा नम्बर ५ बस्ने वर्ष ५५ को जोतनारायण यादव समेतलाई पक्राउ गरी आवश्यक कार्यवाहीको वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको प्रव्क्ता थापाले जानकारी दिए।
पक्राउ परेका भैसी , पिकअप र कपडा करिब २० लाख ९३ हजार रुपैया बराबरको रहेको पर्सा प्रहरीका प्रबक्ता थापाले बताए।